काठमाडौं: विद्युत् प्राधिकरणको जिम्मेवार तहमा रहेका केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली लोडसेडिङको दायरामा ल्याई सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानमा लोडसेडिङ तत्कालका लागि हटेको छ । काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपूर्ति कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित’ गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘हामीले… Read more »
Posts By: siteadmin
नो लोडसेडिङको कारण लुकाइएको बिजुली
२० वर्ष पुराना गाडीले फागुनपछि रुट इजाजत नपाउने
२३ कात्तिक, काठमाडौं । २० वर्ष पुराना सवारी साधन सडकमा गुड्न नपाउनु पर्ने हो । तर, कवाडीमा बेच्नुपर्ने अवस्थामा पुगिसकेका यस्ता झण्डै २० हजार सार्वजनिक सवारी अहिले पनि नेपालमा गुडिरहेको सरकारी अनुमान छ । यातायात व्यवस्था विभागले फागुनदेखि देशभरका सडकमा गुड्ने २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारी कवाडीमा बिक्री गर्ने योजना बनाएको छ ।… Read more »
‘तरकारीवाली’ सुन्दरी भन्छिन्,’राम्रो प्रस्ताव आए फिल्म तथा मोडलिङ् गर्छु’
सामाजिक संजालमा चिया बेच्ने एक पाकिस्तानी युवक रातारात भइरल भए। त्यसको केही दिनपछि सामाजिक संजालमा संसारभर एक नेपाली युवती उसैगरी भाइरल भइन्। दुबैको भाइरल हुनुको एउटै कारण थियो उनीहरूको सुन्दरता। सामाजिकमा संजालमा एकाएक भाइरल भएकी यूवती थिइन् गोरखाकी कुशुम श्रेष्ठ। उनै सुन्दरी कुशुमले अवसर आए फिल्म खेल्ने तथा मोडलिङ गर्ने बताएकी छन्। महिलासम्बन्धी एक नेपाली… Read more »
मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ ट्रेन्डिङ !
१६ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा राजधानीमा सवारी आवागमन प्रभावित पारिनुका साथै पैदलयात्रुलाई समेत रोक लगाइएको विरोधमा तीव्र असन्तुष्टि प्रकट भएको छ । तर, यो विरोध विसं. २००७ सालको जस्तो कालोझण्डामा प्रकट नभई फेसबुक र टि्वटरमार्फत् प्रस्फुटित भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबुक र ट्विटरमा #लम्पसारवाद, #IndianPresidentNotWelcome, #PranabDaSaySorry जस्ता… Read more »
कम्पनी दर्ता र खारेज गर्न सजिलो
काठमाडौं- सरकारले कम्पनी ऐन २०७३ को पहिलो संशोधन गर्दै कम्पनी दर्ता र दर्ता खारेज गर्न सजिलो बनाएको छ। कात्तिक २८ गतेको मन्त्रिपरिषद, विधेयक समितिले कम्पनी ऐन पहिलो संशोधन गर्दै विद्युतीय माध्यमबाट कम्पनी दर्ता गर्न सकिने र दर्ता खारेज गर्दा धेरै जरिवाना तिर्न नपर्ने बनाएको छ। कम्पनी ऐनको पहिलो संशोधन गरेर कम्पनी दर्ता र खारेजलाई सजिलो… Read more »
दशैंको नवरात्र सुरु, आज घटस्थापना
१५ असोज, काठमाडौं । विजयादशमीको पहिलो दिन शनिबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ । घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ । आज कलशको स्थापना गरी… Read more »
नयाँ शक्ति पार्टी ललितपुरले दैनिक उपभोग्य सामग्री,यातायात लाई ब्यबस्थित बिषय लिएर CDO कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नयाँ शक्ति पार्टी ललितपुरले नेपालीले मनाउने विभिन्न चाडपर्वको पुर्ब सन्ध्यामा जनताको दैनिक उपभोग्य सामग्री सर्बसुलभ र सहज कालोबजारीको अन्त्य,सार्बजनिक यातायात लाई नियमित र ब्यबस्थित,भुकम्पपिडितलाइ छिटोभन्दा छिटो राहत तथा आवासको ब्यवस्ता लगायत जनसरोकारका बिषय लिएर ललितपुर CDO कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य भयो। जिल्ला प्रसासन प्रमुख ले पत्र बुझ्दै जनताका बिषयलाइ लिएर नयाँ शक्ति आएकोमा… Read more »
UNDP सहयोगमा जल तथा मौसम विभागले आजदेखी तीन दिने मौसम पुर्वानुमान सेवाको सुरुवात
युएनडिपी नेपालको सहयोगमा जल तथा मौसम विज्ञान विभागले आजदेखी तीन दिने मौसम पुर्वानुमान सेवाको सुरुवात गरेको छ। जनसङ्ख्या तथा वातावरण मन्त्रालयमा आयोजित कार्यक्रममा जनसङ्ख्या तथा वातावरण मन्त्री श्री जयदेव जोशी ज्यूले उक्त सेवाको सुरुवात गर्नुभयो। सो सेवा सुरु भए पश्चात सर्वधारणले प्रत्येक घण्टा गरि तीन दिन सम्मको मौसम पुर्वानुमानको जानकारी मौसम पुर्वानुमान महाशाखाको वेभसाइत मार्फत… Read more »








