काठमाडाैं-भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाज भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले एकाएक रोकेका छन्। रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले नागरिकन्युजलाई जानकारी दिए।
सुरक्षा अधिकारीहरूले एक घण्टासम्म जहाज रोकिने बताउँदै यात्रुलाई जहाजबाट अोरालेका छन्। सुरक्षा घेरामा रहेको जहाज अासपास बम डिस्पोजल टोलि, कुकुरहरू र दमकल तैनाथ गरिएको जहाजमा रहेका यात्रु रूपेश रावलले नागरिकन्युजलाई बताए। ‘हामीलाई जहाजबाट अोरालेर टाढै राखिएको छ, जहाजमा बम हुन सक्ने शंका छ। हामीलाई के भएको भन्ने विवरण दिइएको छैन।’ रावलले भने।
source nagariknews









Leave a Reply