ललितपुर । ललितपुर प्रहरीका एसपी असोक सिंहको नेतृत्व टोलीले गुन्डागर्दीमा संलग्न २३ जनालाई पक्राउ गरेको छ । गुण्डा पक्राउ गर्ने क्रममा केही वर्ष अगाडि धापाखेलमा गोली काण्ड मच्चाउने प्रकाश माली र युवराज खड्कालाई पनि पक्राउ गरेको छ ।
खड्कालाई मंगलबार सातदोबाटोबाट प्रहरीले पक्राउ गरेको थियो भने माली प्रहरीको पन्जाबाट मंगलबार उम्किन सफल बने पनि बुधबार मालीकै निवासमा प्रहरीले छापा मारी पक्राउ गरेको छ । खड्का र मालि अधिकांश समय हतियार बोकी हिँड्ने र ठेकेदार, हाउजिड.का मालिक, जग्गा प्लटिड.मा गई हतियार देखाई राम्रै नजराना लिने गरेको पीडित ठेकेदारले खोजतलाससँग बताए । धापाखेल गोली काण्ड पनि माली र खड्काको योजनामा भएको खुलेको छ । खड्का र मालिकै उपस्थितिमा रमेश बाहुनलाई उक्साएर गोली काण्ड मच्चाएका थिए ।
त्यस्तै, माली र खड्काले प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका रामेछापका कुख्यात गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनलाई ललितपुर भित्र्याई हात्तिबनस्थित एक ठेकेदारलाई नियन्त्रणमा लिई कन्चटमै पेस्तोल तेस्र्याएर ५० लाख रुपैयाँ फिरौती रकम माग गरेका थिए ।
सातदोबाटो क्षेत्रमा मंगलबार ठूलै दुर्घटना हुनसक्ने सुराकीका आधारमा प्रहरीले तत्कालै २२ जना गुण्डाहरुलाई नियन्त्रणमा लिएको थियो भने धापाखेल गोलीकाण्डका प्रमुख योजनाकारका रुपमा रहेका प्रकाश माली भाग्न सफल बनेका थिए । तर, प्रहरीको मोस्ट वान्टेडको नजरमा परेका मालिलाई ठेचोस्थित उनकै घरमा बुधबार साँझ प्रहरीले छापा मारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै मंगलबार नै पक्राउ परेका धापाखेल गोलीकाण्ड मच्चाई फरार रहेका धापाखेलका युवराज खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य गुण्डागर्दीमा सम्लग्न भनिएकाहरु राम लामा, लक्ष्मण लामा, रविन तामाङ, भेनी वहादुर तामाङ, नविन परियार, राजकुमार खड्की, राजु श्रेष्ठ, दिल वहादुर शाही, प्रकाश शाही, सुरज श्रेष्ठ, विकाश विष्ट, मनिष घिमिरे, रोनिल पौडेल, अच्युत थापा, रमेश यैरलाई पनि प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा दर्ता गर्ने जनाएको छ ।
source khojtalasnews









Leave a Reply