क्रिस्टियानो रोनाल्डोले ला लिगामा २९ औं ह्याट्रिक

Posted On    Author    Category खेल.

क्रिस्टियानो रोनाल्डोले ला लिगामा २९ औं ह्याट्रिक पूरा गर्दा जिनेदिन जिदानको रियाल मड्रिडले आइतबार स्पान्योललाई ६–० ले पराजित गर्दै शीर्ष टोली बार्सिलोनासँग४ अंकले दूरी छोट्याएको छ। ग्यारी नेभिलले भ्यालेन्सियाको नेतृत्व लिएपछि ला लिगामा जितका लागि गरिरहेको संघर्ष आइतबार पनि जारी रह्यो। टोली स्पोर्टिङ गिजोनसँग १–०ले पराजित भयो। नोभेम्बर १४ पछि भ्यालेन्सिया घरेलु मैदानमा हारेको यो पहिलो हो।

जिदानको नेतृत्वमा आक्रामक सुरुआत गरेको रियालले सान्टियागो बेर्नाबेउमा पहिलो हाफ ४–० को अग्रता लियो। करिम बेन्जेमाको गोलबाट अग्रता लिएको रियालका लागि पहिलो हाफमा हामेस रोड्रिग्वेजले एक र रोनाल्डोले दुई गोल गरे।

तीनपल्टका विश्व वर्ष खेलाडी रोनाल्डोले अन्तिम ९ मिनेट ह्याट्रिक पूरा गरे। त्यसको पाँच मिनेट नबित्दै ओस्कर डुआर्टुले आत्मघाती गोल उपहार दिएपछि रियालले ६–० को जित निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *