८ वटा फिडर सटडाउन गरिँदै,आज राति यी ठाउँमा हुँदैछ लोडसेडिङ !

Posted On    Author    Category सामाजिक.

काठमाडौं,माघ २२ – मेलम्ची खानेपानीको पाइप बिछ्याउनका लागि आज राजधानी केहि स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगंज-बूढानिलकण्ठ सडकखण्डको गंगालाल अस्पताल नजिक खानेपानीको पाइप बिछ्याउन लागेको हो । उक्त पाईप बिच्छायाउदाँ आठ वटा फिडरहरु आज राति सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार महाराजगंज ११ केभी स्विचिङ स्टेशन फिडरबाट वितरित ११ केभी लाइनको खानेपानी, धापासी, बूढानिलकण्ठ, गोल्फुटार, हस्पिटल, बाँसबारी, बालुवाटार र गंगबु फिडर यसबाट प्रभावित हुनेछन्।

आज राति १० बजेदेखि मध्यरात १२ बजेसम्म टोखा रोडका सबै खानेपानी पम्पहरु, ग्राण्डी, गंगालाल र न्युरो अस्पताल, बाँसबारी खानेपानी, सामाखुसी चोक, टोखा रोड, टोखा बजार, चक्रपथ चोक, श्री टोल, धापासी, बसुन्धरा चोक, जिरो पम्प वरपर लगायत यी फिडरहरुबाट विद्युत आपूर्ति भएका ग्राहकहरुको घरमा विद्युत आपूर्ति बन्द हुनेछ।

source recent nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *