सार्वजनिक जग्गा मिच्दै ललितपुरमा धमाधम प्लटिङ

Posted On    Author    Category सामाजिक.

ललितपुर, पुस 19 । सरकारले रोक लगाएको जग्गा प्लटिङ गर्न नपाईने नियमको ललितपुरमै उल्लंघन भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० सल्यानटारमा धमाधम प्लटिङ भइरहेको हो त्यो पनि सार्वजनिक जग्गा मिचेर ।

जग्गा प्लटिङ गर्ने कुबेर श्रेष्ठ हुन् । उनले झण्डै एक महिनादेखि करिब २९ रोपनी जग्गामा प्लटिङ गराइरहेका हुन् । अहिले त्यहाँ रहेको करिव ७ रोपनी बाहेकको जग्गा सम्याउन पहाड भत्काउने काम भइरहेको छ । त्यहाँ काम गर्ने रहर तामाङ र प्रकाश तामाङ हुन् । उनीहरुले सरकारी नियमको उल्लंघन मात्रै गरेका छैनन्, सार्वजनिक कुलो समेत मिचेका छन् ।

प्लटिङ गर्ने कुबेर श्रेष्ठले त्यसको अनुमति समेत लिएका छैनन् । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भने, हामीले कसैलाई प्लटिङ अनुमति दिएका छैनौं । गैर कानुनी रुपमा प्लटिङ गरिएका भए अनुगमन गरेर कारवाही गर्छाैं ।

मंगलबार त्यसकै विषयमा छलफल गर्न स्थानीयले वडाअध्यक्ष प्लटिङ गर्ने श्रेष्ठसहितलाई उक्त स्थानमा बोलाएका थिए, त्यहाँ मेयरले कानुन विपरित भनेपछि वडाअध्यक्षले पनि आफूले अनुमति नदिएको बताएका थिए । तर, आफूले उक्त जग्गामा बाटो लैजाने अनुमति दिएको उनले स्वीकार गरे । तर, बाटो लैजान अनुमति दिएको उक्त स्थानमा अहिले भीर सबै भत्काएर जग्गा सम्याउने काम भइरहेको छ हेर्नुस तस्वीर :

 

Plotting-Lalitpur

 

सल्यानटारमा रहेको २९ रोपनी जग्गामा प्लटिङ गर्न अनुमति दिनेमा प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीको मिलेमतोको आशंका स्थानीयले गरेका छन् । मंगलबार भएको छलफलमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफूले कसैलाई कुनै प्लटिङ गर्न स्वीकृति नदिएको बताएपछि वडाअध्यक्ष दर्शन विष्ट र कार्यकारी अधिकृत पन्थीबीचको मिलेमतो आशंका गरिएको हो । २१ रोपनी जग्गाको स्वीकृति वडाअध्यक्ष विष्टले दिएको र त्यो फाइल मेयर महर्जनकोमा नपुगी त्यसलाई कायृकारी पन्थीले तोक लगाएर स्वीकृत गरिएको देखिएको छ ।

प्लटिङ गर्नेहरुले जंगल मास्नुका साथै मापदण्डविपरित खोलाबाट पर्खाल लगाएको स्थानीयको आरोप छ । प्लटिङको कारण तल बस्ती जोखिममा पर्ने भएकोले ७ रोपनी जग्गामा स्थानीयले डोजर चलाउन दिएका छैनन् । तर, दैनिकजसो तीन चारवटा डोजरले त्यहाँ प्लटिङको जग्गा सम्याउन भीर काट्ने गरेको छ । सरकारले केही महिनाअघिमात्रै जग्गामा प्लटिङ गर्न रोक लगाएको छ ।

source Dainik News

Leave a Reply

Your email address will not be published. Required fields are marked *