साइन बोर्ड हटाउन महानगरको १५ दिने अल्टिमेटम

Posted On    Author    Category अर्थ, व्यापार.

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ३० वर्ग फुटभन्दा ठूला परिचय पाटी (साइन बोर्ड)हरु हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।

सूचना जारी गर्दै महानगरभित्र रहेका सरकारी तथा गैर सरकारी निकाय, व्यावसाय वा कार्यालयले आफे परिसरमा राखेका ३० वर्ग फुटभन्दा ठूला बार्ड हटाउन भनेको हो ।

महानगरले सम्बन्धित पक्षले साइन बोर्ड नहटाएमा महानगरले हटाउने र लागेको खर्च सम्बन्धीत पक्षसँगै लिइने पनि जनाएको छ।

सँगै ३० वर्ग फुटभन्दा साना साइन बोर्डको हकमा वार्षिक रुपमा रकम बुझाउनुपर्ने पनि महानगरले जनाएको छ । जसमा ६ वर्ग फुटसम्मको एउटा साइन बोर्डको ५ सय रुपैयाँ, १५ वर्ग फुटसम्मको १५ सय रुपैयाँ दर रहेको छ । त्यस्तै, १५ वर्ग फुटभन्दा माथि ३० फुट सम्मको साइन बोर्डको हकमा एउटा मात्र राख्न पाइने र प्रति वर्ग फुटको वार्षिक रुपमा १ हजार रुपैयाँ महानगरलाई तिर्नुपर्ने सुचनामा उल्लेख छ ।

safal health home

Leave a Reply

Your email address will not be published. Required fields are marked *