माटोविनै तरकारी खेती, टन्नै पैसा कमाइने

Posted On    Author    Category व्यापार, सामाजिक.

झरुवाराशी । आजकल बजारमा तरकारी महँगो छ । महँगो तरकारी किनेर खाने आदत परेका काठमाडौंबासीलाई तपाई व्यावसायिक तरकारी खेती गरेर तरकारी बेचेर टन्न पैसा कमाउने सोचमा हुनुहुन्छ ? एउटा गजव्वको प्रविधि भेटिएको छ । जसबाट थोरै जग्गामा तरकारी खेती गरेर मनग्गे पैसा कमाउन्छ ।
ललितपुरको झरुवाराशीको गुराँय एग्रो ईड्रष्ट्रि माटोविनै तरकारी खेती गरिएको छ ।
यहाँ फलामको फ्रेम बनाएर पन्ध्र तलासम्म तरकारी लगाइएको छ । फलामको फ्रेममा प्लाटिकको पाइपमा जडान गरिएको छ । यही पाइपमा चियाको गिलास राखेर त्याहा तरकारीको विरुवा हुर्कान्छ ।

morden-farming-jharuwarashi-2-768x452
तरकारी बालीमा तपाईले पानी लगाउनु पर्दैन । गाोड्न पनि पर्दैन । पाइपमा सेन्सर जडित प्रविधिले आफै पानी बोट बोटसम्म पु¥याउछ ।
यो तरकारी खेतीका लागि माटो चाइदैन । काठको धुँलो वा इटाको टुक्रा चिया खाने स–साना प्लाष्टिकका कपमा राखेर तरकारीको विउ उमारिन्छ । तरकारी विउ उमार्न ग्रिन हाउस चाहिन्छ । उम्रेको यो विरुवालाई पाइपमा राखेर तरकारी खेती गरिन्छ । माटो नचाहिने हुँदा कौसी घरको आँगनमा समेत यस्तो खेती गर्न सकिन्छ ।

यो प्रविधि अफ सिजनमा तरकारी खेती गर्न उपयोगी छ । अफ सिजनमा उव्जिएको तरकारी बजारमा महँगो विक्रि गर्दा पैसा मनग्गे कमाइन्छ । जुनसुकै सिजनमा पनि तरकारी उत्तिकै राम्रोसँग खेती हुने हुँदा यस्तो प्रविधि किसानका लागि उपयोगी रहेको गुराँय एग्रो ईड्रष्ट्रि झरुवाराशी कर्मचारी इशुकुमार झा वताउछन् ।
छिटो छिटो हुर्कने, प्याज,लसुन,साग धनियाँजस्ता तरकारीबाट ज्यादा फाइदा हुने जिएस गुराय बताउछन् । हरेक पन्ध्र दिनमा तरकारीमा पानी मार्फत मल पु¥याइन्छ । १७ वटा विभिन्न पदार्यका पोषण मिसाएर तरकारी बालीमा मल पु¥ाउने गुरायले बताए ।
तरकारी गोड्न पर्दैन । पानी हाल्न पर्दैन । यसरी खेती गर्न जमिन थोरै भए पुग्छ । काम गर्ने कर्मचारी पनि थोरै लाग्छ । पानी पनि धेरै लाग्दैन । २ रोपनी जमिनमा गरिएको खेतीका लागि दिनको एक ट्रम पानी भए भए पुग्छ ।

shalimar jewellers

कर्मचारीको काम तरकारी टिप्ने बजार पु¥याउने,विउ उमार्न कपमा विउविजन राख्ने, सेन्सर जडित पाइपमा पानी पठाउन मेसिन खोल्ने जस्ता काम मात्रै हो । तरकारी गोड्न पानी हाल्न जस्ता काम गर्न नपर्ने हुँदा शरिरमा हिलो मैलो लाग्दैन । सुट लगाएर खेतीको काम गर्न सकिन्छ ।
तरकारी खेतीका लागि धेरै ठाँउमा धेरै खेती गर्न सके मनग्गे फाइदा हुने झाको सल्लाह छ । २ जना कर्मचारीलाई तरकारीको विउको व्याड राख्ने, तरकारी दिप्ने लगायतको काम दिन सके राम्रो हुने बताउछन् । हरेक दिन तरकारी टिप्ने र व्याड राख्ने रोटेशन मिलाएर काम गर्न सक्नु पर्छ । यसरी खेती गर्दा बजारमा पनि नियमित तरकारी लैजान सकिन्छ ।

Source: Lalitpurkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *