भट्टेडाँडाको वालुवा खानीबाट जनप्रतिनिधिले पैसा कुम्ल्याए !

Posted On    Author    Category Uncategorized.

भट्टेडाँडाको वालुवा खानीबाट जनप्रतिनिधिले पैसा कुम्ल्याएको सासंद चेतनाथ सञ्जेलको आरोप
ललितपुरको दक्षिणी भेगमा पर्ने बागतमी गाउँपालिकामा बालुवा खानी खोल्नको लागि नयाँ कार्यदल गठन भएको छ । आइतबार बसेको गाउँपालिकाको वैठकले ५ सदस्यीय कार्यदल गठन गरेको हो ।

गाउँपालिकाकीे उपप्रमुख रञ्जना घिमिरे कार्यदल संयोजक बनेकी छिन । यसबाहेक कार्यदलभित्र विष्ष्णु प्रसाद तिमल्सिना, जगत बहादुर लो, साजन दर्लामी र लाल बहादुर बम्जन छन् ।

 

Gosaikunda Health Care Center - GHCC

 

बागमती गाउँपालिकामा लामो समयदेखि प्राकृतिक स्रोत साधनको उत्खनन हुँदै आइरहेको छ । विना मापदण्ड र विना दर्ता गाउँपालिकामा वालुवा खानी सञ्चालन भइरहेको छ । यसमा वडा कै निर्वाचित जनप्रतिनिधिकै प्र्रत्यक्ष संलग्नता रहेको स्थानीयको भनाई छ ।

प्रदेश सांसद चेतनाथ सञ्जेलले बागमती गाउँपालिकाबाट करोडौं राजस्व ठगी भइरहेको जानकारी दिए । उनले धेरै रकम उठाएर थोरै रकम मात्रै गाउँपालिकामा बुझाएकोले आफूले त्यसप्रति आपत्ती जनाउँदै आएको जानकारी दिए । ‘मैले यसको विरोध गर्छु, यसरी मनपरी गर्न पाइन्न,’ उनले भने, ‘व्यवस्थित रुपमा वालुवा खानी सञ्चालन गर्नुपर्छ, आफ्नोलाई मात्र खानी सञ्चालन गर्न दिन हुँदैन ।’ उनले गाउँपालिकाले गतवर्ष २१ लाखमा निकासी कर लगाउँदा करोडौं रकम गाउँपालिकाका वोर्ड सदस्यले कुम्लाएको आरोप लगाए ।

Source: Lalitpur Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *