फेरी अर्को बालक शैक्षिक भ्रमणबाट बेपत्ता

Posted On    Author    Category सामाजिक.

ललितपुर — जिल्लाको भट्टेडाँडा आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययरत एक विद्यार्थी हराएका छन् । शैक्षिक भ्रमणका लागि स्वयम्भूमा पुर्‍याइएका ११ वर्षीय बुद्धराज थिङ शुक्रबार अपराह्न करिब ४ बजे हराएका प्रिन्सिपल सीताराम चौधरीले जानकारी दिए ।

उनका अनुसार छाउनी संग्रहालय हुँदै स्वयम्भू स्तूपसम्म पुगेको विद्यार्थी चढेको गाडी घर फर्कने क्रममा गणना गर्दा थिङ बेपत्ता भएको थाहा पाएको थियो । भ्रमणमा ४ देखि ८ सम्म पढ्ने ४७ जना विद्यार्थी सहभागी थिए ।

प्रिन्सिपल चौधरीले हराएका थिङले कालो ज्याकेट र निलो पाइन्ट लगाएका थिए । बालक हराएको खबर प्रहरीलाई गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *