फूलचोकीमा हिँउ हेरेर फर्कने क्रममा विद्यार्थी बेपत्ता

Posted On    Author    Category सामाजिक.

फूलचोकीमा हिँउ परेको छ भन्ने खबर पाउनासाथै अजय शिक्षा सदनका कक्षा ५ र ६ का विद्यार्थीहरु उत्साहित भए । अस्ति बिहीबार उनीहरु फूलचोकी पुगे । फर्किन लाग्दा एउटा विद्यार्थी हराए । अझैसम्म उनी बेपत्ता छन् । सो विद्यालयको अभिभावक दिवस हालै भएको थियो । विद्यालयले अभिभावक दिवसमा अभिभावकै हातबाट आफ्ना छोराछोरीलाई पुरस्कार दिने नियम बनाएको र अतिरिक्त क्रियाकलापमा अब्बल ती विद्यार्थीका अभिभावक सो दिन विद्यालयमा नएकाले उनलाई पुरस्कार दिइएन । र, आजसम्म सो पुरस्कार विद्यालयमै छ । आज म र अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी फूलचोकीमा पुगेर अवस्था बुझ्यौँ । सेना र प्रहरीले सर्च गरिरहेको छ । वनका कर्मचारीहरु पनि परिचालित छन् । प्रिन्सिपलको भनाइअनुसार ११ विद्यार्थीमध्ये छ जनाले सर्टकट हिँड्ने निर्णय गरेपछि यो दुर्घटना हुन पुगेको हो । गोदावरीमा सबै जम्मा भएपछिमात्र एउटा विद्यार्थी हराएको पत्ता लाग्यो र खोजी कार्य सुरु गरियो ।

पिकनिक, भ्रमण, घुमघाम लगायतमा गएका बखत कमजोरीले दुर्घटना हुन पुग्छ र विद्यार्थीको अनाहकमै ज्यान जान्छ । यहाँ पनि विद्यालयको कमजोरी के देखियो भने त्यति साना विद्यार्थीलाई फूलचोकीसम्म हिँडाएर लिएर जानु हुँदैन थियो । हिँउ नभएको स्थानसम्म गाडीमा जाने र त्यसपछि हिँडाउनु पथ्र्याे । त्यसरी छुट्टाछुट्टै समूहमा कुनै पनि हालतमा विद्यार्थीलाई हिँड्न दिनु हुँदैन थियो ।

विद्यार्थीलाई कुनै पनि स्थान (पिकनिक, भ्रमण आदि)मा लगेपछि विद्यालय परिवारले त्यसको जिम्मेवारी लिनु पर्दछ । आफू साथबाट छोड्नै हुन्न । सकिदैन भने नलिएरै गएको ठिक । विद्यार्थीको उमेर पनि विचार गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *