ठेचोमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षकहरु बीच आपसी किचलो, दशैं तिहारमा समेत तलब पाएनन्

Posted On    Author    Category शिक्षा, सामाजिक.

ललितपुर । गोदावरी नगरपालिका वडा – १२ ठेचोमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षकहरु बीचमा आपसी झगडा को कुरा बाहिरीएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र महर्जनले शिक्षक नै द्वन्द्वतिर लागेपछि विद्यार्थीहरुले कस्तो शिक्षा पाउलान् भन्ने प्रश्न उठ्नु स्वभाविक रहेको भन्दै आफूले पुलको भूमिका निर्वाह गर्ने हुँदा विद्यालयको यो समस्याको समाधान खोजिरहेको बताउँछन् । प्राय सबै सरकारी विद्यालयमा यस्तो समस्या रहेको उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिको अधिकार ज्यादै न्यून रहेको महर्जन बताउँछन् । अहिले विद्यालयको स्थिती बिग्रनुको कारण राजनितिक हो भन्ने स्विकार गर्दै यसो हुन नहुने बताउँछन ।

गत वर्षको माघ महिना सम्म बिष्णुनारायण श्रेष्ठ विद्यालयको प्रधानाध्यापक रहेका थिए । उनको कार्यकालमा लगभग १२ देखि १५ लाख आर्थिक विवरण नमिलेपछि श्रेष्ठलाई राजीनामा दिन लगाइएको थियो । जतिवेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि अर्कै थिए । श्रेष्ठको कार्यकालमा लेखापालको जिम्मा कपिल महर्जनले लिएका थिए । तर उनको कार्यमा विवाद भएपछि अको नयाँ ब्यवस्थापन समितिले रमन महर्जनलाई लेखापालको जिम्मेवारी सुम्पिएको थियो । उनको कार्यमा पनि रिपोर्ट स्पष्ट नआएको भन्ने विवाद आएपछि शिक्षकहरुलाई तलव निकासा गर्नको लागि भएपनि अस्थायी रुपमा विद्यालयका शिक्षक विजय दाहालले लेखापालको जिम्मेवारी लिएका थिए ।

दाहालले पनि लगभग दुई महिना मात्र कार्य गरेको उनले जानकारी दिए । स्रोतका अनुसार समितिले असक्षम लेखापाल नियुक्ति गरेकाले तत्कालिन प्रअ श्रेष्ठ आर्थिक अनियमिताको आरोपमा परेका हुन् । हाल श्रेष्ठको मुद्धा अदालतमा छ ।

 

लेखापाल कपिल महर्जनलाई हटाउने समितिले आफ्नो नजिकको रमन महर्जनलाई लेखापाल नियुक्त दिएको थियो । जसको कारणले कपिल महर्जन पनि अदालत पुगेको थिए । अदालतबाट उनलाई हाजिर गराउनु भन्ने आदेश दिएको थियो । तर कार्य जिम्मेवारी वारे स्पष्ट नभएकाले उनलाई हाजिर मात्र गराईएको थियो ।
शिक्षकहरुको आपसी किचलोले गर्दा अन्य शिक्षकहरु पनि गुट -उपगुट तर्फ लागेको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताए । यस्तै किचलोले गर्दा आपसमा विवाद उत्पन्न भएपछि लेखापालको आधिकारिकता स्पष्ट नभएकाले शिक्षकहरुले तलव समेत पाएका छैनन् । स्रोतका अनुसार लेखापाल दाहालले पनि विद्यालयको विवाद र आपसी कलहले असारमा  राजिनामा दिएका थिए । त्यसपछि हालसम्म विद्यालयमा लेखापाल छैनन् । जसले गर्दा शिक्षकहरुले दशैं र तिहारमा समेत तलव पाएनन् । आफुलाई लेखापालको जिम्मेवारी नदिए विद्यालयमेै हाजिर र पठन पाठनको कार्य समेत नगर्ने भन्दै महर्जन द्धय नै बैसाखदेखि विद्यालयमा अनुपस्थित छन् । उनीहरुलाई प्रअले यसवारे ७ दिने स्पष्टीकरण पत्र समेत पठाएका थिए । तर उनीहरुले पत्र नै नबुझि बेवास्ता गरेका छन् । स्रोतका अनुसार राजनितिक पहुँच र स्थानीयवासी भएको कारण महर्जन द्धयले नै राजनितिक अहंम्ताले जिम्मेवारी प्रति वेवास्ता गरिरहेका छन् । महर्जन द्धय नै करारमा नियुक्ति भएका हुन् । तर कपिल महर्जनले भने आफुलाई तत्कालिन ब्यवस्थापन समितिले स्थायी नियुक्ति गरेको बताउँछन् । विद्यालय ब्यवस्थापन समितिले कुनैपनि अवस्थामा कर्मचारी स्थायी गर्न पाउने नितिमै नभएको गोदावरी नगर शिक्षा अधिकारी देविप्रसाद पौडेलले जनाए ।

यस्तै हालका प्रधानाध्यापक टेकबहादुर माबोको अनुसार विद्यालयमा शिक्षकहरू बिच व्यक्तिगत, सामाजिक कुनै झगडा नरहेको बताएका छन् तर ब्यवस्थापनको पक्ष कमजोर भएको स्किारेका छन् । माबो गत वर्षको फागुन महिनादेखि प्रधानाध्यापक पदमा रहेर विद्यालयमा कार्य गरिरहेका छन् । माबोका अनुसार नगरपालिकाले विद्यालयको खातामा तलब हालेको छ । तर प्रधानाध्यपक सहित लेखापालको हस्ताक्षर आवश्यक पर्ने हुँदा शिक्षकहरुले तलब पाउन नसकेको उनको भनाइ छ । तलबको समस्या चाँडै समाधान हुने माबो बताउँछन् । तर विद्यालयको दिर्घकालिन समस्या यथावत् रहेको बताउँछन् ।
ठेचोमा अवस्थित उक्त सरस्वती मावि नगर प्रमुख गजेन्द्र महर्जन बसोवास गर्ने वडा भित्र पर्दछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले माध्यमिक स्तरको शिक्षालाई स्थानीय सरकार भित्रको अधिकार दिएपनि यस प्रकार विद्यालयको अव्यवस्थित अवस्थालाई देख्दा स्थानीय सरकारले शिक्षामा गरेको समन्वय बाहेक नियन्त्रण र प्रगति शुन्य होकि भन्ने देखिन्छ ।

Source: krishunamedia.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *