ठेकेदारको लापरर्बाहीः कान्ति लोकपथको कन्तबिजोग

Posted On    Author    Category सामाजिक.

हिउद होस या बर्षाको समय । यी दुबै समय प्रायः जसो सडक अबरुद्ध भैरहन्छ । वर्षातको समयमा त पहिरो आउने र भत्कने नै भयो । तर सुख्खा याममा पनि सुख्खा पहिरोले गर्दा सडक अबरुद्ध नै भैरहन्छ ।

त्यत्ति मात्रै होइन । सडक अबरोध कै कारण कृषकहले उत्पादन गरेको तरकारी र दुधजन्य परिकार बजारमा लैजान नपाई त्यत्तिकै खेर फाल्नु पर्ने अवस्था छ । सडक सहज रुपमा सञ्चालन नहुँदा कृषकहरुले खेतबारीमा उत्पादन गरका तरकारी बारीमै कुहिने अवस्था छ ।

कति पटक त सडकमा लडेका ठूल्ठूला पहिरोका कारण बिजुलीका पोल ढालेर महिनौँ दिनसम्म संचार सेवा समेत अबरुद्ध हुन्छ । सवारी आवागमन समेत प्रभावित हुँदै आएको छ ।

तराईसँग काठमाडौं जोड्ने छोटो दुरीको वैकल्पिक सडकको रुपमा रहेको कान्ति लोकपथ विस्तार गरिरहेको सडकका कारण पछिल्लो चरणमा यस्तै अबस्था निम्तिएको हो ।

सरकारले पछिल्लो केही वर्षदेखि विशेष महत्वका साथ कान्ति लोकपथलाई विस्तार गरिरहेको छ । सडक विस्तारको जिम्मा पाएको ठेकेदार जिम्मेवार नबन्दा सडकको अवस्था बेहाल बनेको छ । जसको कारण यस क्षेत्रका नागरिकले दुःख भोग्दै आईरहेका छन् ।

saayami-technology

ललितपुर खण्डको टिकाभैरबदेखि मकवानपुर खण्डको बुद्धचोकसम्म विभिन्न निर्माण कम्पनीसँग १४ ठेक्का लगाएको छ । यस सडक खण्डको टिकाभैरब–तीनपाने र तीनपाने–भट्टेडाँडा खण्डमा वर्षात र सुख्खा याममा पनि पहिरोले सताई राखेको छ । मुख्य गरी सडक विस्तारको सुरुवातदेखि नै टिकाभैरब–तीनपाने खण्डको ठेक्का पाएको गोल्डेन गुड जेभी र तीनपाने–भट्टेडाँडा खण्डको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सनको गैरजिम्मेवारीपनले नागरिकले दुःख भोग्दै आएको हो ।

गोल्डेन गुड जेभीले सुरुदेखि नै पेटी ठेकेदार राखेर काम गर्र्दै आएको छ भने हनुमानले भने आफैँ ठेक्का हाँकी राखेको छ । यी दुबैले सडक चौडा, ग्राभेलिङ, पर्खाल, नालीदेखि सडक कालोपत्रेसम्मको ठेक्का पाएको छ । तर यी दुबै निर्माण कम्पनीले विस्तारको सुरुदेखि नै विस्तार गर्ने भन्दा पनि जहाँ ढुंगा ग्राभेल बढी छ त्यहाँ दोहन गरेर अहिले यो हालत बनाएको स्थानीयको गुनासो छ ।

नजिकै क्रसर उद्योग रहेको र डिपो पनि संचालन गर्ने प्रशस्त ठाउँ भएकोले यी निर्माण कम्पनी लोभिँदै ढुंगा र ग्राभेल बढी निस्केको स्थानलाई मात्रै बढी ध्यान दिएर विस्तारलाई ध्यान नदिएको उनीहरुको आरोप स्थानीयको छ ।
‘महिनौँ दिनसम्म पनि एउटै स्थानमा खनिरहेको देख्छु । यस्तो पनि सडक चौढाई गरेको हुन्छ, यस सडक हुँदै दूध ढुवानी गर्ने सवारी चालक रामप्रसाद संजेलले बताउनुभयो–‘अप्ठेरो ठाउँमा सडक चौढाई गर्ने त ध्यान नै छैन । खाली ढुंगा र ग्राभेल भएको स्थानमा मात्रै खन्ने रहेछ ।’

उनीहरुले नजिकै रहेको क्रसर उद्योगमा सडक विस्तार गर्ने नाममा विस्तार नगरी माटो मात्रै निस्कने स्थानमा वेवास्ता गर्दै ढुंगा र ग्राभेल निकाल्दै बिक्री गरेको स्थानीयले समेत आरोप लगाएका छन् ।

गोल्डेन गुड जेभीले नजिकैको टिक ाभैरब नल्लुखोलामा संचालित क्रसर उद्योगमा ढुंगा तथा ग्राभेल बिक्री गरिराखेको छ भने हनुमान कन्स्ट्रक्सनले टिकाभैरब ठूलोमात्रमा ढुंगा भण्डारण गरी डिपो संचालन गरेको छ ।
हनुमानले ठूलो परिणाममा उपत्यकाको विभिन्न स्थानमा ढुंगा तथा ग्राभेल बिक्री गरेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार ठेकेदारले ढुंगा र ग्राबेल मात्रै भएको स्थानमा महिनौँ दिनसम्म खन्नाले पहिरो त्यत्तिकै लडिरहेको छ ।

पहिरोकै कारण स्थानीय वनको हजारौँ रुख विरुवा समेत नष्ट भएको छ । हनुमानले ठेक्का पाएको तीनमानेदेखि भट्ट्डाँडा खण्डमा सुख्खा पहिरोले स्थानीयलाई दुःख दिईरहेको छ ।

पछिल्लो चरण गोल्डेन गुडले पनि आफ्नो ठेक्कामा परेको सम्पूर्ण काम गर्न पेटी ठेकेदारलाई जिम्मा लगाएको छ । पेटी ठेकेदार गोरे तामाङ पनि सडक विस्तारको सट्टा उही गोल्डेन गुडकै पारामा पुगेका छन् ।
उनले पनि ढुंगा, ग्राभेल बिक्री गर्ने र माटो भने भिर पाखा र खोलामा फालेर स्थानीयलाई आक्रान्त पारीरहेका छन् । भने हनुमानले पनि पाखा भरी माटो फालेको छ ।

माटो जथाभावी फाल्दा कैयौँले उपभोग गर्दै आईरहेका खानेपानीको मुहान पुर्ने, पाइपलाईनमा समेत क्षेती पु¥याएका छन् । खानेपानीको मुहान पुरेको महिनौँ वितिसक्दा समेत ठेकेदारले वेवास्ता गर्दै आईरहेको स्थानीयको दुखेसो छ ।

एक स्थानीयले भने–‘पानीको मुहान र पाइपलाई ठेकेदारले फालेको माटोले क्षेती पुगेको छ । मुहान बनाइदिन र पाइप अर्काे किन्नलाई भने पनि मानिरहेको छैन ।’

कान्तिलोकपथ सडक योजनाले माटो ढुंगा ग्राभेल सडकमै पुनःप्रयोग गर्नका लागि भण्डारण गर्न स्थान तोकिदिएको छ तर ठेकेदारहरु भने कमाउने दाउमा कसैलाई टेरेका छैनन् ।

अलिकति कालोपत्रे गरेको पनि दुईदिनमै उक्किएर अहिले सडकको नाम निशाना समेत छैन् । सडकमा लगाएको पर्खालसमेत कच्चा छ । नालीमा पानी बग्दै नाली नै पानीले बगाउने खाले संरचना बनाएको छ । यस्ता खाले ठेकेदार पक्षको चरम लापरबाही हुँदा पनि आयोजना मुकदर्शक हुनुले स्थानीयमा निराशा थपेको छ ।

source : sundar Lalitpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *