किन लसुन र प्याज खाँदैनन् ब्राहम्ण ? यस्तो छ वैज्ञानिक कारण

Posted On    Author    Category शिक्षा.

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।

तपाईले पनि विभिन्न ठाउँमा देख्नुभएका छ होला, ब्राह्म्णहरु प्राय बाहिर खादैनन् । बाहिर पकाइएको खानामा प्याज र लसुन राखेका कारण उनीहरु त्यस्तो खाना अस्विकार गर्छन् । यस विषयलाई लिएर विभिन्न मत रहेका छन् । आखिर किन लसुन र प्याज देखि पर रहन्छन् ब्राह्मण ?

आयुर्वेदका अनुसार खाद्य पदार्थ तीन खाले हुन्छन् ।

१. सात्विक
यसभित्र शान्ति संयम, पवित्र र मनको शान्ति जस्ता गुणहरु हुन्छन् ।

२. राजसिक
यसमा उत्साह र खुसीका गुणहरु आउने गर्छन्

३.तामसिक
यसमा उत्साहा, क्रोध, अहंकार र विनाशका गुणहरु आउने गर्छन् ।

ब्राह्मणहरु लहसुन र प्याज अहिंसाका कारण खाँदैनन् । प्याज, च्याउ र लसुन राजसिक र तामसिक रुपमा बाँडिएका छन् । यसको अर्थ उत्साह र अज्ञानतामा वृद्धि गर्छन् । किनभने यसका कारण जमीनमा रहेका धेरै जिवाणुको मृत्यु हुनेगर्छ । यसका कारण यसको सेवनमा गर्न ब्राहमण अस्विकार गर्छन् ।

त्यस्तै अर्को तर्फ शास्त्रका अनुसार लसुन, प्याज र च्याउ ब्राहमण खान अस्विकार गर्छन् किनभने सामान्यतया यी खानाहरुले अशुद्धता बढाउँछन् । यी मिश्रित खानाहरु अुशद्ध खाद्यको श्रेणीमा पर्छन् । ब्राहमणहरुलाई पवित्रता बनाई राख्न पनि यस्ता मिश्रित खानाहरु खाने गर्दैनन् । देवीदेवताको पुजा गर्नका लागि पनि शुद्धताको नियममा चल्नुपर्छ । यी मिश्रित खानाहरु अुशद्ध भएका ब्राहमणहरु लसुन, प्याजदेखि पर रहन्छन् ।

केही मानिसहरु मान्छन् कि लसुन र प्याज खानाले व्यवहारमा समेत परिवर्तन आउने गर्छ । यसका कारण यिनीहरुको सेवन गर्दैनन् ।
सनातन धर्मका अनुसार प्याज र लसुन खानाले क्रोध बढाउने गर्छ र यसले अध्यात्मको मार्गमा समेत बाधा उत्पन्न गराउँछ । यसका कारण ब्राहम्णहरुलाई लाग्छ यिनीहरुको सेवन गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *