अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू

Posted On    Author    Category Uncategorized, शिक्षा.

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू गरेको छ ।

यो नियम प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूका लागि घोषणा गरिएको छ । मे १ तारिखदेखि पहिलोपटक अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूलाई मात्र लक्षित गरेर यो नयाँ नियम लागू गरेको हो ।

अष्ट्रेलियाको गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरूले अङ्ग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरू अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । पहिला यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।

गृह मन्त्रालयद्वारा जारी उक्त सूचनामा अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरूको संख्यामा नेपाली विद्यार्थीको संख्या तेस्रो रहेको उल्लेख छ ।

सूचनामा नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न आउने संख्या वृद्धिलाई दिगो र विद्यार्थीहरूको भविष्यलाई सुरक्षित राख्नका लागि नयाँ नियम लागू गरिएको जनाइएको छ ।

यो नियम परिवर्तनले नेपालबाट पर्यटक भिषामा आएर विद्यार्थीका रुपमा बस्न चाहनेहरूका लागि कठिनाई हुने र प्राविधिक शिक्षा मात्र अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूको संख्यामा कमि आउने बुझिएको छ।

 

shalimar jewellers

Leave a Reply

Your email address will not be published. Required fields are marked *