सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक

Posted On    Author    Category Uncategorized.

काठमाडौं – नेपाली सेनाले सोमबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ ।
सेना दिवसका अवसरमा काठमाडौंको सैनिकमन्च टुँडिखेलमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा सेनाले शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाजलगायत प्रदर्शन गरेको थियो । त्यसैगरी, कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल प्रदर्शन गरियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतका विशिष्ट व्यक्तिहरु सहभागी हुनुहन्थ्यो । नेपालको स्वतन्त्रता, भौगोलिक अखन्डता र सार्वभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखन्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।
सेना दिवसको अवसरमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले प्रकृति संरक्षण ट्रफीमा पुरस्कृतहरुलाई पुरस्कृत गरेका गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ भने अहिलेसम्म एक लाख १० हजार ७ सय ७६ जनशक्तिले योगदान दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *