नेपाली फुटबलर बिमल, अन्जन र अनन्त स्पेनिस क्लबमा

Posted On    Author    Category खेल.

काठमाडौं: नेपालका तीन राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले औपचारिकरुपमा अनुबन्धित गरेको छ। क्लबले फेसबुक पेज मार्फत उनीहरूलाई अनुबन्धित गरेको जनाएको छ। सन् २०१६ को यूरोपियन टुर अन्तर्गत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि तीनैजना खेलाडीलाई मार्बेला क्लबले अनुबन्धित गरेको बताएको छ। १९ वर्ष मूनिको साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप फुटबल र दक्षिण एशियाली खेलकुद विजेता खेलाडी तथा  उत्कृष्ट लयमा रहेका बिमलसंगै अनन्त तामाङ र अन्जन बिष्टलाई स्पेनको क्लब मार्बेला युनाइटेड एफसीले बोलाएको हो।  तीनैजना आउँदो मार्च ५ मा स्पेन प्रस्थान गर्ने एन्फाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *