नयाँ वर्षमा नेपाल टेलिकमको ग्राहकलाई विशेष छुट

Posted On    Author    Category व्यापार.

नयाँ वर्ष २०७३ को अवसरमा नेपाल टेलिकमले ग्राहकहरुलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । टेलिकमले जिएसएम तथा सिडीएमए मोबाइल सेवाको महसुल दरमा छुट दिने तयारी गरेको हो ।
जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि एसएमएसको अहिलेको महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिए ।

टेलिकमले डाटा सेवाअन्तर्गत १०० एमबी साइजको डाटा ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *