चीनसँग ब्यापार, पारवहन, टे«डमार्क, ईन्धन र पेट्रोलियम अन्वेषण सम्झौता हुन्छः उद्योगमन्त्री पाण्डे

Posted On    Author    Category राजनीति.

काठमाडौं, चैत ३ ।   उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ गतेबाट हुने चीन भ्रमणको क्रममा चीनसँग ब्यापार तथा पारवहन सन्धी, ईन्धन आपूर्ति, टे«डमार्क र पेट्रोलियम अन्वेशण सम्बन्धी सम्झौता हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाले नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने विषयमा चीनले सहयोग गर्ने बताईसकेकोले त्यस विषयमा सम्झौता हुने भन्दै ब्यापारलाई सहजीकरण गर्न ट्रेडमार्क सम्झौता हुने निश्चित जस्तै भएको बताउनुभयो । यसका अतिरिक्त पोखरा एयरपोर्ट निर्माणमा सहयोग गर्ने , हिल्सा पुल निर्माण सहित विभिन्न विकास निर्माणको विषयमा सम्झौता हुने जानकारी दिदै उहाले आर्थिक विकासको विषयमा एमओयू हुने बताउनुभयो । उहाले प्रधानमन्त्रीको नियमित चीन भ्रमण भएकोले सम्बन्ध सुदृढीकरण र सहयोगलाई प्रगाढ बनाउने गरी भ्रमण हुन लागेको भन्दै चैत ५ गते बैठक बसेर भ्रमणको एजेण्डालाई अन्तिम रुप दिने बताउनुभयो ।     उहाले दुई वर्षभित्र औद्योगिक क्षेत्र सञ्चालमा आएर पाँच वर्ष भित्र १० लाखले प्रत्यक्ष र २० लाखले अप्रत्यक्ष रोजगारी पाउने दावी गर्दै औद्योगिक क्षेत्र जस्तै ईस्पेसल ईकोनोमिक जोन सेज निर्माणको काम पनि अघि बढेको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *