गोदावारी नगरपालिका-४ निवासी ४६ वर्षीय संक्रमित पुरुषको मृत्यु

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरे।

‘उहाँको ८ बजेर ५२ मिनेटमा मृत्यु भएको हो। हामीले सेनालाई खबर गरिसकेका छौं। भोलि उहाँको शव व्यवस्थापन गर्ने तयारी छ,’ श्रेष्ठले भने।

गोदावारी नगरपालिका-४ निवासी ४६ वर्षीय उनमा गत जेठ ३२ गते संक्रमण पुष्टि भएको थियो। सुरूमा धनगढीको एक निजी अस्पतालमा भर्ना भएका उनलाई संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो।

उनी पेसाले बस चालक हुन्। अस्पतालका अनुसार उनले नाकाबाट मानिसलाई क्वारेन्टिन स्थलसम्म बसमा पुर्याउने काम गरेका थिए।

सुरूआतमै उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएको र थप जटिल बन्दै गएपछि बुधबार अस्पतालले बिरामीलाई काठमाडौं रिफर गर्न प्रदेश सरकारलाई अनुरोध गरेको थियो।

source: setopati

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *