उममेयरका श्रीमानले सरकारी गाडी दुरुपयोग गरेपछि

Posted On    Author    Category सामाजिक.

ललितपुर, ४ चैत । बिदाका दिन दुरुपयोग गरिएका ५१ वटा सरकारी गाडी महानगरीय ट्राफिक प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा बिदाका दिन दुरुपयोग गरिएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीको लागि सरकारले दिएको गाडी उनका श्रीमानले दुरुपयोग गरी दरबारमार्गमा साथीभाइ लिएर रेष्टुरेन्टमा खानपिन गर्न गएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । बा २ झ १८७८ नम्बरको टाटा सुमो गोल्ड गाडी उपप्रमुख अधिकारीका श्रीमानले बिदा मनाउनका लागि दरबारमार्गमा लिएर गएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय सरकारको न्यायिक समितिको संयोजकको गहन जिम्मेवारी पाएका उपमेयर अधिकारीका श्रीमानले नै सरकारी गाडी दुरुपयोग गरेका हुन् । उक्त गाडीमा उपमेयर भने थिइनन् ।

बिदाका दिन सरकारी गाडीको दुरुपयोग बढेको गुनासोपछि ट्राफिक प्रहरीले शनिबार एकै दिन ५१ वटा गाडी नियन्त्रणमा लिने क्रममा गोदावरी नगरपालिकाको गाडी उपमेयरका श्रीमानले दुरुपयोग गरेुको अवस्थामा फेलापरेको थियो ।

source nayapage

Leave a Reply

Your email address will not be published. Required fields are marked *