
काठमाडौं, जेठ २३– भारतको मुम्बइस्थित अँधेरीमा भारतसँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल खेलमा नेपाल २–० ले पराजित भएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
दोस्रो हाफको ५९ औं मिनेटसम्म बराबरीमा रोकेको नेपालका लागि बाँकी ३० मिनेट फिका सावित भयो । ५९ औं मिनेटमा भारतका सन्देश झिँगनले गोल गरी खाता खोले लगत्तै नेपाली टोलीका क्याप्टेन बिराज महर्जनले खेलको ६७ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपाललाई झनै बढी दबाब देखियो ।
विश्व बरियतामा एक सय औं स्थानमा रहेको बलियो प्रतिष्पर्धी भारतसँग १ सय ६९ औं स्थानमा नेपालको खेल निकै सुधारात्मक देखिएको थियो ।
एशिया कप छनोटको तयारीमा रहेको भारतले लेबनानसँगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालसँग खेलेको हो । नेपालले यसअघि पछिल्लो चार खेलमा नेपालले दुई बराबरी र दुई खेलमा पराजय ब्यहोरेको थियो ।
Leave a Reply