भारतसँग नेपाल ७ विकेटले पराजित

Posted On    Author    Category खेल.

44bc645561e6c7f0cb80d28169e82e51_M

काठमाडाैं-बंगलादेशमा जारी आइसीसी यु-१९ क्रिकेट विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग नेपाल सात विकेटले पराजित भएको हो। भारतसामु नेपालले १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन भारतले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका लगि प्रेम तामाङले २ विकेट र सन्दिप लामिछानेले एक विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो। नेपालका लागि सन्दीप सुनारले सर्वाधिक ३७ रन बनाए। त्यस्तै राजवीर सिंहले ३५, प्रेम तामाङले २९ र अरिफ शैखले २६ रन बनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *