ललितपुर गोदावरी नपा–११ चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।चराप्रेमी जय भण्डारीको क्यामरामा कैद हुचिल निकै आकर्षक लाग्दछ । ‘जादुगर’ चराले परिचित ‘मलाहा हुचिल’ लाटोकोसेरो प्रजातिको पक्षी हो । लुप्तप्राय: तर संरक्षित हुचिल जीव वैज्ञानिकलाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । बोत्सवाना, मोजाम्बिक, दक्षिण अफ्रिका र एसियाका केही… Read more »
Monthly Archives:: November 2022
चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।
अब अनलाइनबाट १५ मिनेट भित्र पेन्सनपट्टा लिन सकिने
काठमाडौं । अब देखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाट नै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ । किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको र अब पेन्सनपट्टाका कामहरू अनलाइन मार्फत नै हुने जानकारी… Read more »
विश्वकप लाइभ दिने पाइरेटेड साइट ब्लक गर्न नपाउने
काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल प्रसारण सम्बन्धी आफ्नो निर्णय सच्याएको छ । प्राधिकरणले मुलुकी ऐनले रोक नलगाएका विषय तथा सामग्रीमाथि प्रतिबन्ध लगाउने अधिकार आफूमा नरहेको भन्दै हतारमा गरिएको निर्णय उल्टाएको हो । प्राधिकरणका एक अधिकारीले प्राधिकरणले गरेको निर्णय अधिकार क्षेत्रभन्दा बाहिर रहेको पाइएपछि सच्याइएको बताए । “मिडिया हबले विश्वकप लाइभ प्रसारण अधिकार… Read more »
विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध
६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ । साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुप¥यो… Read more »
ललितपुर ३ मा पम्फाको हार निश्चित, तोसिमाको बलियो सम्भावना
४ मंसिर, काठमाडौं । ऊर्जामन्त्री तथा ललितपुर–३ कि सत्ता गठबन्धन उम्मेदवार पम्फा भुसालको हार निश्चित देखिएको छ । यसअघि सोही क्षेत्रबाट जितेकी माओवादी केन्द्रकी नेतृ भुसाल यसपल्ट कमजोर देखिँदै गर्दा यो क्षेत्रले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई नयाँ सांसदका रुपमा पाउने बलियो सम्भावना देखाएको छ । अनलाइनखबरले ललितपुर-३ का भित्री शहरका घना बस्ती,… Read more »
आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट
५ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो । यो… Read more »
राष्ट्रिय स्वतन्त्र पार्टीको टक्कर एमालेसँग
५ मंसिर, काठमाडौं । सोमबार अपराह्नसम्म ६२ स्थानमा मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न ८ स्थानमा अग्रता लिएको छ । संयोग नै मान्नुपर्छ, ती सबै ठाउँमा उसका निकटतम प्रतिस्पर्धी अरु होइन, नेकपा एमालेका उम्मेदवार छन् । काठमाडौं-२ मा सोविता गौतमको प्रतिस्पर्धा एमाले उम्मेदवार मणिराम फूयालसँग छ । काठमाडौं–६ मा शिशिर खनालले एमाले उम्मेदवार सर्वेन्द्र खनालसँग… Read more »