सडक कालोपत्रे नहुँदा सास्ती खेप्नु परेको भन्दै ठेचोका स्थानीय आन्दोलित भएका छन् । सडक विभागले कालोपत्रे गर्ने भन्दै पुरानो कालोपत्रे निकालेर अलपत्र छोड्दा स्थानीय बासिन्दा धुलो धुवामा बस्नु परेको गुनासो छ । गत कार्तिक महिनामा सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयबासी सडक बन्द गरेर आन्दोलन गरेपछि फागुनसम्म कालोपत्रे सहमती भएको थियो । शनिबार ललितपुर ठेचोका… Read more »
Monthly Archives:: February 2019
चापागाँउ सडक बनाउन फेरि आन्दोलन
ललितपुरको नख्खुमा बम विस्पोटन
ललितपुरको नख्खुमा बम विस्टोटन भएको छ । शक्तिशाली बम विस्पोटन हुँदा पाटन क्षेत्रमा ठूलो आवाजसँगै थर्किएको थियो । नख्खु जेल नजिकै रहेको एनसेल कार्यालयपरिसरमा भएको विस्पोटन कसले गरायो भन्नेबारे भने खुलेको छैन । भखर्खरै प्रहरी घटनास्थलमा पुगेको छ । प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताइएको छ । प्राप्त जानकारी अनुसार ३ जना घाइते छन् । घाइतेहरुको… Read more »
आज सुनाकोठी, ठेचो, चापागाँउ, लेले, झरुवाराशीमा विद्युत बन्द
१० फागुन २०७५ | शनिबार मध्य तथा दक्षिण ललितपुरमा विद्युत् सेवा बन्द हुने भएको छ । लगनखेलदेखि सातदोबाटोसम्म विजुलीको नयाँ लाइन तान्नका लागि विद्युत कटौती हुन लागेको हो । नेपाल विद्युत् प्राधिकरणको पाटन वितराण केन्द्रले जारी गरेको सूचना अनुसार विहान १० बजेबाट साँझ ६ बजेसम्म विजुली बन्द हुने छ । शनिबारका दिन परेकाले कार्यालयको काममा असर… Read more »
नक्कली विवाह गरेर अस्ट्रेलिया जानेको कथा यस्तो छ
पछिल्लो समय नेपालीहरूका लागि अध्ययनका लागि आकर्षक गन्तब्य बन्दै आएको अस्ट्रेलिया जान गर्ने नक्कली बिबाहमा आधारित सिनेमा ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ ।बुधबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई आरजेस रेग्मी… Read more »
ललितपुर नख्खु डोलस्थित कार्पेट गोदाममा आगलागी
नख्खु ललितपुर | २८ माघ २०७५ ललितपुर नख्खु डोलस्थित कार्पेट गोदाममा आगलागी भएको छ । आगलागी हुँदा घरको छतबाट आगोको लप्का बाहिर निस्किरहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । एक स्थानीयका अनुसार त्यहा जान सम्भव छैन । आगलागीबाट मानविय क्षति पनि हुनसक्ने आशंका गरिए पनि पुष्टि भने हुन सकेको छैन ।