२८ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ललितपुर पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् ।
सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले लिएको बयान क्रममा उनले आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको बयान दिएको समिति सभापति सूर्य थापाले बताए।
ललितपुर पुल्चोककोस्वामित्व लिन लागेको बारेमा समितिले सोमबार सिंहलाई सिंहदरबार बोलाएर बयान लिएको हो।
‘उहाँले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराउनुभयो,’ थापाले भने।
सिंह सोही सहकारी संस्थाका शेयर सदस्य हुन्। ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न सिंह केही समयदेखि अग्रसरता लिँदै कानुनी परामर्शमा थिए।
सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैं लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका हुन्।
For details:
Leave a Reply