विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बापत बिजुली उपभोग गरेका ६१ वटा उद्योगको प्रमाण तयार।

Posted On    Author    Category अर्थ.

kulmaan-NEA-trunkline-dedicated-line-issues-2024

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बापत बिजुली उपभोग गरेका ६१ वटा उद्योगको प्रमाण तयार पारेको छ। प्राधिकरणले दिनरात खटेर तयार पारेको प्रमाण सम्भवत: आजै सार्वजनिक लेखा समितिमा बुझाउने तयार गरेको छ।

‘हामीले दिनरात नभनी ६१ वटा उद्योगको सबै तथ्यांक तयार पारेका छौं। समितिले मागेको भन्दा पनि बढी प्रमाण दिन खोजेका छौं,’ प्राधिकरणका एक कर्मचारीले बिजमाण्डूसँग भने। स्रोतका अनुसार प्राधिकरणको नेतृत्वलाई ‘टार्गेट’ गर्न थालिएपछि सबै कर्मचारी एकजुट भएर आवश्यकभन्दा बढी प्रमाण जुटाएर पठाउन लागिएको हो। प्राधिकरणले आफूहरुले पठाउने प्रमाणले डेडिकेटेड र ट्रंकलाइनको विवादमा प्रश्न उठाउन कठिन हुने दाबी गरेको छ।

सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइन उपभोग गरेका ६१ वटा उद्योगको टाइम अफ डे (टीओडी) मिटरको तथ्यांक पाँच दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो।

प्राधिकरण उच्च स्रोतका अनुसार ६१ वटा उद्योगको टाइम अफ डे (टीओडी) मिटरको डेटा डाउनलोड गरिएको छ। प्राधिकरणले टीओडी मिटर उपलब्ध गराए डेडिकेटेड र ट्रंक लाइन बापतको महसुल तिर्ने अडान उद्योगीले राख्दै आएका थिए। सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उद्योगीले टीओडी मिटरको प्रमाण नदिई बलजफ्ती प्राधिकरणले पैसा उठाउन खोजेको दाबी गरेका थिए।

Source: Bizmandu.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *