
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ। मेयर र उपमेयरबीचको विवाद पछिल्लो समय रानीपोखरीको पुर्ननिर्माणमा देखिएको हो। रानीपोखरीको पर्खाल पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री कंक्रिटको प्रयोग गरेको भन्दै उपमेयर खड्गीको नेतृत्वमा मंगलबार विहान सवा ११ बजे रानीपोखरीको जमलतर्फको गेटमा ताल्चा लगाएकी थिइन्।
उपमेयर खड्गीले ताल्चा लगाएको दुईघण्टा बित्न नपाउँदै मेयर शाक्यले ताल्चा काटेर रानीपोखरीको पर्खाल निर्माणको अनुगमन गरेका छन्। मंगलबार विहान रानीपोखरीको स्थलगत अनुगमन गर्दै उपमेयर खड्गीले कंक्रिटको प्रयोगले रानीपोखरीको ऐतिहासिक महत्वव नै खतरामा परेकाले तत्कालै निर्माण कार्य रोक्न काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागका महाशाखा प्रमुख सुरेश राई र ठेकेदार कम्पनीलाई निर्देशन दिएकी हुन् । निर्देशन लगत्तै उपमेयर खड्गीकै उपस्थितिमा काठमाडौं महानगरपालिका वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीले ताल्चा लगाएका थिए ।
Leave a Reply