![online pension application in nepal](https://www.khabarbox.com.np/wp-content/uploads/2022/11/pensionpatta-techpana_cdRCVwOuQt.jpg)
![certified diamond jeweller in nepal](http://www.khabarbox.com.np/wp-content/uploads/2022/11/sbd-90X900.gif)
काठमाडौं । अब देखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाट नै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना
(निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको र अब पेन्सनपट्टाका कामहरू अनलाइन मार्फत नै हुने जानकारी दिएको छ । सोही अनुरूप अनलाइनबाट पेन्सनपट्टाको काम गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । नयाँ प्रविधिका कारण अवकाश प्राप्त कर्मचारीले १५ मिनेटभित्र पेन्सनपट्टा लिन सक्नेछन् । किताबखानाका महानिर्देशक बाबुराजा श्रेष्ठले
पेन्सनपट्टा बनाउनुका लागि दुर्गम जिल्लादेखि तीन/चार दिनसम्म काठमाडौँ धाइरहन नपर्ने बताएका छन् । कर्मचारीको सबै विवरण विद्युतीकरण नहुँदा अहिलेसम्म देशभरका सबै निकायमा कार्यरत कर्मचारी सेवाबाट अवकाश हुँदा पेन्सनपट्टा लगायतका कागजात निर्माणका लागि समय, श्रम र रकम खर्च गरी काठमाडौँ धाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।
विद्युतीय हस्ताक्षर अहिले सबै कार्यालयमा कार्यान्वयनमा नआएको र सबै कार्यालयमा विद्युतीय हस्ताक्षर कार्यान्वयनमा आएपछि भने घरैमा बसेर पेन्सनपट्टा लिन सकिने पनि उनले बताए । आगामी दिनदेखि
कर्मचारी अवकाश हुनुभन्दा छ महिना अगाडि नै सम्बन्धित कर्मचारीलाई अनलाइन माध्यमबाट जानकारी गराइने पनि उनले बताए ।
![](http://www.khabarbox.com.np/wp-content/uploads/2022/11/digital-brand-head-1024x205.jpg)
– गोरखापत्रबाट
Leave a Reply