डन्डीफोर हटाउन गुलाबजल

Posted On    Author    Category राजनीति, व्यापार.

अनुहारभरि डन्डीफोर आएर हैरान हुनुभएको छ भने आजैदेखि अनुहारमा गुलाबजल प्रयोग गर्न सुरु गर्नुस्। डन्डीफोर हटाउने अचूक उपायमध्येमा पर्ने गुलाबजललाई यी चिजसँग मिसाएर प्रयोग गर्नुस्ः

कागती
कागतीमा अम्लीय गुण हुन्छ। गुलाबजलले भने छालालाई शीतल राख्छ। यी दुईलाई एकसाथ मिलाएर लगाउने हो भने यसले डन्डीफोर फैलिनबाट रोक्छ र डन्डीफोरका कारण उत्पन्न दागलाई मेटाउँदै लैजान्छ। यसका लागि कागतीको रसको दोब्बर मात्रामा गुलाबजल प्रयोग गर्नुपर्छ।

सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रालाई घाममा सुकाएर पाउडर बनाउने र यसमा गुलाबजल मिसाएर लगाउने गरेमा डन्डीफोर हराउँछ। यसका लागि सुन्तलाको बोक्राको पाउडरमा गुलाबजल हाली पेस्ट बनाएर अनुहारमा दलेर केही बेरपछि मनतातो पानीले धुने गर्नुपर्छ। – See more at: http://nagariknews.com/health/story/51898.html#sthash.WfiYrpoJ.dpuf

Leave a Reply

Your email address will not be published. Required fields are marked *