थाइल्यान्ड सरकाबाट प्राप्त आंशिक छात्रवृत्तिमा अध्ययनका लागि दरखास्त पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

Posted On    Author    Category शिक्षा.

नेपाल सरकारलाई (TICA) अन्तर्गतका संस्थाहरुमा Master Degrees मा २० विविध विषयमा आंशिक छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी मनोनयन गरी पठाइदिन अनुरोध भै आएकोले तोकिएको न्यूनतम योग्यता पुरा गरेका इच्छुक नेपाली नागरिकहरुबाट सम्बन्धित निकायलेे तोकेको न्यूनतम योग्यता, शर्त (श्रेणी, स्तर निर्धारण, उमेर, प्रतिशत लगायत TOEFL or IELTS आदि)पूरा गरेका प्रमाणित कागजात सहित उम्मेद्वार स्वयम् उपस्थित भै शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा मिति २०७२ साल फाल्गुण ९ गते भित्र दरखास्त पेश गर्नु हुन र एक बिषयमा एक जना भन्दा बढि उम्मेद्वारको दरखास्त पेश हुन आएमा न्यूनतम शैक्षिक योग्यताको प्राप्ताङ्क उच्च रहेका मध्येबाट मनोनयन गरी Confirmation का लागि पठाइने साथै सम्बन्धित निकायबाट Confirmation प्राप्त नभएमा यस मन्त्रालय पुन: मनोनयन गर्न बाध्य नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Thailand International Cooperation Agency (TICA)

Leave a Reply

Your email address will not be published. Required fields are marked *