ललितपुर महानगरपालिकाले सडक बढार्ने, आयो २ ब्रुमर

lalitpur bumer machine

Posted On    Author    Category सामाजिक.

ललितपुर महानगरपालिकाले सडकको धुलो बढार्न २ वटा अत्याधुनिक ब्रुमर खरिद गरेको छ । इटानीको म्याक्रो कम्पनीले बनाएको अत्याधुनिक एम ६० मोडलको ब्रुमर गत आइतबार नेपाल आइपुगेको हो । ललितपुर माहानगरपालिकाले जेन टेक प्रालि मार्फत ब्रुमर ४ करोड ४८ लाख ११ हजार २ सय ८० मुल्यमा खरिद गरिएको हो । बु्रमर खरिदका लागि ठेण्डर गरेको थियो… Read more »

ठेचोबासीको नियन्त्रणमा टिपर

Posted On    Author    Category सामाजिक.

टिपर निषेधित क्षेत्रमा प्रवेश गरेका ५ वटा टिपरलाई ललितपुर ठेचोका स्थानीयले नियन्त्रणमा लिएका छन् । मंगलबार राती १० बजे चापागाँउ ठेचो हुँदै सातदोवाटो प्रवेश गर्न खोज्ने यी टिपरहरुलाई स्थानीयले सडकमा उत्रेर नियन्त्रणमा लिएका हुन् । स्थानीय नवीन महर्जनका अनुसार ५ वटा टिपर नियन्त्रणमा लिएर सरस्वती स्कूल नजिकै चौरमा लगेर राख्न लगाइएको छ । उनले भने,‘हामीले… Read more »

२५ हजार घुससहित पक्राउ परेका अधिकृतलाई राष्ट्रपतिले विभूषण दिँदै

Posted On    Author    Category सामाजिक.

काठमाडौं । ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन्। अख्तियार दुरुपयोग… Read more »

चापागाँउ सडकको वैकल्पिक मार्ग सुनाकोठीमा बन्यो

Posted On    Author    Category सामाजिक.

२७ चैत्र ०७५, सुनाकोठी । दक्षिण तथा मध्यललितपुरका बासिन्दाहरुका लागि खुशीको समाचार छ अव सुनाकोठीको जामका कारण सास्ती खेप्नु पर्ने छैन । सुनाकोठीको बुद्ध पोखरीदेखि भित्री बाटो सिमाकोसम्म खुलेपछि २० फिटे वैकल्पिक सडक बनेसँगै सडकको सास्ती हट्ने भएको हो । प्रदेश सासंद राजकाजी महर्जन सातदोवाटो चापागाँउ सडक विस्तारको लागि सुनाकोठीको बैकल्पिक सडक उपयोगी हुने तर्क… Read more »

ललितपुरको ठेचोको एक कुखुरा फार्ममा वर्डफ्लुको संक्रमण देखियो

Posted On    Author    Category सामाजिक.

ललितपुर : करिब दुई साता पहिला ललितपुरको ठेचोको एक कुखुरा फार्ममा वर्डफ्लुको संक्रमण देखियो। तर, ती कुखुरा त्यहाँ उत्पादन भएका थिएनन्। काठमाडौको तारकेश्वर नगरपालिकाको फार्मबाट ल्याइएका थिए। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर नारायण बहादुर श्रेष्ठले ती कुखुरा तत्काल नष्ट गरेको बताए। ‘काठमाडौबाट वर्डफ्लु ललितपुर छिरेको हो’, उनले भने, ‘त्यस घटनापछि ललितपुरका अन्य… Read more »

पछुवा गाडीको ठक्करले ज्यान गुमाएकी तीन वर्षे छोरीको झझल्को

Posted On    Author    Category सामाजिक.

कसिस्मा मिजार दुई वर्ष पुगेर तीन लाग्न दुई दिन मात्र बाँकी थियो। बाबु सुन्दर र आमा कविता आफ्नो पहिलो सन्तानको ‘बर्थ डे’ मनाउने तयारी गर्दै थिए। त्यही बेला यस्तो बज्रपात भयो, उनीहरूले छोरीको ‘बर्थ डे’ कहिल्यै मनाउन पाएनन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पछ्याउँदै हिँड्ने सुरक्षाकर्मीसहितको पछुवा गाडीले ठक्कर दिँदा कसिस्माको ज्यानै गयो। त्यो २०७१ वैशाख १३… Read more »

चापागाँउ सडक कालोपत्रे हुने

Posted On    Author    Category सामाजिक.

१५ चैत्र ०७५,चापागाँउ । चापागाँउ सातदोवाटो सडक तत्काल अस्थायी कालोपत्र गर्ने प्रकृया अघि बढेको छ । सडक विस्तारलाई पनि अघि बढाउदै तत्कालका लागि अस्थायी कालोपत्रे गर्न लागिएको हो । लामो समयसम्म सडक विस्तारको काम हुने अवस्था आउन सक्न आशंकामा सडक कालोपत्रे गर्न लागिएको हो । प्रतिनिधि सभा ललितपुर १ का सासंद नवराज सिलवालले ललितपुरमा आयोजित… Read more »

बोरिङबाट आएको पानी पिउन पाउँदा गोदावरी नगरका स्थानीय खुशी

Posted On    Author    Category सामाजिक.

ललितपुर,लामो समयदेखि गोदावरी नगरपालिकाको पहलमा आजदेखि डिप बोरिङ मार्फत थप खानेपानीको सुचारु गरिएको छ । गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा सो कार्य सम्भव भएको हो । नगरपालिकाको वडा नम्बर १० मुलडोल र चारघरेमा सम्पन्न गरिएको बोरिङबाट खानेपानीको समस्याको समाधान भएको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । मुलडोलस्थित डिप बोरिङबाट ६ ईञ्चको… Read more »