सार्वजनिक जग्गा मिच्दै ललितपुरमा धमाधम प्लटिङ

Plotting-2

Posted On    Author    Category सामाजिक.

ललितपुर, पुस 19 । सरकारले रोक लगाएको जग्गा प्लटिङ गर्न नपाईने नियमको ललितपुरमै उल्लंघन भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० सल्यानटारमा धमाधम प्लटिङ भइरहेको हो त्यो पनि सार्वजनिक जग्गा मिचेर । जग्गा प्लटिङ गर्ने कुबेर श्रेष्ठ हुन् । उनले झण्डै एक महिनादेखि करिब २९ रोपनी जग्गामा प्लटिङ गराइरहेका हुन् । अहिले त्यहाँ रहेको… Read more »

उर्लाबारीका यूवाहरुले सडक सुरक्षा गतिबिधिमा सहभागिता बढाए

26230293_10156384875508287_2294129830216533321_n

Posted On    Author    Category सामाजिक.

उर्लाबारीका यूवाहरुले सडक सुरक्षा गतिबिधिमा सहभागिता बढाएका छन् । सडक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरण गर्ने उधेश्यले युवा रेडक्रस सर्कल उर्लाबारी र ट्राफिक प्रहरीको सहकार्यमा उर्लाबारीका विभिन्न स्थानहरुमा जेब्राक्रस निर्माण भएका छन् l

ललितपुर ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी

thecho murti chori

Posted On    Author    Category सामाजिक.

ललितपुर, पुस १९ – ललितपुरको ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी भएको छ । गोदावरी नगरपालिका-१२ ठेचोमा मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ । मन्दिर निर्माणाधिन अवस्थामा रहेकाले सत्तलमा राखिएको मूर्ति बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका बेला हराएको थाहा भएको हो । डेढ फिट… Read more »

मानव अंग प्रत्यारोपणबाट निष्कासित नर्सको पुनर्वहाली नभए देशभरका नर्स काम छाडेर आन्दोलनमा उत्रिने

1446674817Nurse

Posted On    Author    Category सामाजिक.

काठमाडौं– भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट बिनासूचना नर्सहरु निकालिएको विषयमा सुनुवाई नभएको भन्दै नेपाल नर्सिङ संघले आन्दोलन गर्ने चेतावनी दिएको छ। संघले बिनासूचना निकालिएकी केन्द्रकी नर्सलाई न्याय दिलाउन अस्पताल र स्वास्थ्य मन्त्रालयलाई पत्राचार र वार्ताको पहल गर्दा सुनुवाई नभएको भन्दै देशभरका नर्स कार्यक्षेत्र छाडेर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। सरोकारवालाको बेवास्ताप्रति खेद प्रकट गर्दै संघले निस्काषनमा परेका… Read more »

रानीपोखरी विवाद: गेटमा ताला लगाउने उपमेयर, तोड्ने मेयर

Officials from Kathmandu Metropolitian City breaking the sealed construction site of Ranipokhari as the site was sealed by the deputy mayor blaming the mayor Bidya Sundar Shakya for trying to modernize the historical site on December 26,2017. Photo-Dipendra Rokka/Republica/Nagarik.

Posted On    Author    Category सामाजिक.

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ। मेयर र उपमेयरबीचको विवाद पछिल्लो समय रानीपोखरीको पुर्ननिर्माणमा देखिएको हो। रानीपोखरीको पर्खाल पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री कंक्रिटको प्रयोग गरेको भन्दै उपमेयर खड्गीको नेतृत्वमा मंगलबार विहान सवा ११ बजे रानीपोखरीको जमलतर्फको गेटमा ताल्चा लगाएकी थिइन्। उपमेयर खड्गीले ताल्चा लगाएको दुईघण्टा बित्न… Read more »

रानीपोखरी अब सम्पदा रहेन, स्विमिङ पुलमा परिणत हुँदैछ

Exif_JPEG_420

Posted On    Author    Category सामाजिक.

तीनवटा डोजर चलाएर पोखरीको पिँध खोस्रने काम हुँदै थियो। डिलमा कंक्रिट पर्खाल ठड्याउन डन्डी बाँधिँदै थियो। अझ भुइँमा टायल बिछ्याउने योजना सुनेपछि उनले मुख बिगार्दै भने, ‘रानीपोखरी अब सम्पदा रहेन, यो स्विमिङ पुलमा परिणत हुँदैछ, जसमा काठमाडौंले गर्व गर्नुपर्ने छैन।’ तिवारी काठमाडौं सभ्यता खोजीमा अविराम लागेका इञ्जिनियरिङ प्राध्यापक हुन्। यसको संरक्षण निम्ति उनले दिनरात आवाज… Read more »

ललितपुर मंगलबजारस्थित पाटन दरवार मन्दिरहरुको पुर्ननिर्माण

25552397_1559005250857339_3261136733467731876_n

Posted On    Author    Category सामाजिक.

ललितपुर मंगलबजारस्थित पाटन दरवार मन्दिरहरुको पुर्ननिर्माणको क्रममा लगाइएको टेको । २०७२ को भुकम्पपछि भत्केको हरिशंकर मन्दिर,चारनारायण,कृष्ण मन्दिर,शिवशंकर मन्दिर,सोह्रखुट्टे पाटीलगायत मल्लकालीन दरवारका संरचनाहरुको अहिले एकसाथ पुर्ननिर्माण भइरहेको छ भने योगनरेन्द्र मल्लको शालिक,मुल चोक सुन्दरी चोकलगायत संरचनाको पुर्ननिर्माण गरिसकेको छ ।  source sundarlalitpur  

ललितपुरको लगनखेलमा राखिएका फुटपाथ बजार

25446341_1557265964364601_5874823825879398002_n

Posted On    Author    Category व्यापार, सामाजिक.

ललितपुरको लगनखेलमा राखिएका फुटपाथ बजार । लगनखेलका राखिएका यी फुटपाथ बजारका कारण बसपार्कका सयौ बस र हजारौं यात्रुलाई बाधा परिरहेको छ भने मंगलबजारतर्फ जाने पदल यात्रुलाई समेत हिडडुल गर्न कठीन छ । ललितपुर महानगरपालिकाका नगरप्रहरीले हरेकदिन फुटपाथका व्यापारीको पसल हटाए पनि प्रहरी फर्केपछि फेरि व्यापारीले पसल राख्छन् ।