सुनाकोठी सडकनजिक पाटी बनेपछि विवाद

Posted On    Author    Category Uncategorized, सामाजिक.

पुरातत्व विभाग स्मारक संरक्षण शाखाको सहमतीपछि सुनाकोठी संरक्षण समूहले चालु सडकसँगै जोडेर पाटी पुर्ननिर्माण गरेपछि विवाद उत्पन्न भएको छ । संरक्षण समूहलाई पुरातत्व विभागले २०७४ माघ ९ गते पत्र पठाएर चलानी नम्बर १३४८ पत्र मार्फत सहमती दिएका थियो । पत्रमा उल्येख भए अनुसार जग नखोली पुर्ननिमाण गर्नु पर्ने उल्येख छ । सो पालना गर्दा सडकबाट पाटी अन्यत्र सार्न सम्भव नभएको सुनकोठी संरक्षण समूहका संयोजक पद्मसुन्दर महर्जनले बताए ।

२०७२ सालको भुकम्पले यो पाटी भत्काएपछि सुनाकोठीका स्थानीयसँग चन्दा उठाएर बनाउन थालेको हो ।’ यो पाटी बनाउन अहिलेसम्म १५ लाख खर्च भएको महर्जनले बताए ।
सुनाकोठी संरक्षण समूहका अध्यक्ष राजेन्द्र महर्जन का अनुसार पाटी र्सान कसैले पनि लिखित रुपमा अनुमति दिएको छैन । उनका भन्छन्,‘सबैले मौखिम रुपमा सार्न अनुरोध गर्छन् । कहिले पुलिससँग झगडा हुन्छ । कहिले वडाध्यक्षले रोक्न आउने गरेको छन् ।’
यो पाटी नगरपालिकाले लिखित रुपमा रोक्का नगरेको वडा नं. २७ का वडाध्यक्ष वावुराज महर्जनले स्वीकार गर्छन् । ‘तर हामी स्थानीय बासिन्दा पटक पटक छलफलमा बसेर पाटी बनाउने काम रोक्ने निर्णय गरेका छौं ।’ महर्जन भन्छन् ।

newclassictailor-1

पुरातत्व विभगले पाटी पहिलेकै ठाँउमा निमार्ण गर्न दिएको सहमती पत्र महनगरको वडा नं. २७ र २६ लाई पनि बोधार्थ लेखेको छ ।
सुनाकोठीको यस ठाँउमा २३५ बर्षदेखि पाटी रहेको यहाँ रहेको शिलालेखबाट पृष्टि हुन्छ भन्छन् समूहका संयोजक पद्मसुन्दर महर्जन । रञ्जना लिपिमा लेखिएको सो शिलालेख अनुवादपछि ललितपुर खबरलाई प्राप्त भएको दस्तावेजहरुमा समेत उल्येख छ ।
प्रदेश सासंद चेतनाथ सञ्जेल सडकमा जोडेर पाटी बनाउदा पाटीमा बस्नेलाई अप्ठ्यारो हुने तर्क गर्छन् । भन्छन् ‘सडक जाम गराएर पाटीमा बस्दा बस्ने मान्छेलाई अप्ठयारो महसुस हुन्छ । सडकको धुलो धुवाले पाटीमा बस्ने स्थानीय बासिन्दालाई पनि स्वास्थ्यमा अप्ठ्यारो हुन्छ । त्यसैले पाटी आनन्दले बस्न मिल्ने खुला ठाँउमा बनाउनु पर्छ ।’
चापागाँउ निवासी नागरिक अगुवा रामभक्त महर्जन बाटोनजिकै सम्पदा परेको हुँदा सदरमुकाम जान आउन समस्या परेको वताउँछन् । ‘सुनाकोठीमा पाटी र घरहरु बन्ने बेलामा स्थानीय रोक्नु पर्ने हो । सडकनजिकै पाटी किन बनाउनु परेको हो ?’ भन्ने प्रश्न गर्दै अगाडि भन्छन् । ‘सडकभन्दा पर खाली ठाँउमा बनाउदा पाटीमा बस्ने बृद्ध बृद्धाहरुलाई सुरक्षा हुन्छ ।’
स्थानीय राजेन्द्र महर्जनले सम्पदा उपयोगिता भन्दा पनि पुरातात्विक सम्पदा जोगाउन चाहेको वताए ।
२७ नं.का वडाध्यक्ष्य वावुराज महर्जन भन्छन््,‘सुनाकोठीस्थित ल.पु. वडा नंंं २६ र २७ का स्थानीय जनप्रतिनिधिसहितको भदौ २९ गते बैठक बस्यो । क्वय लाक्षी फाल्चा (सडकजनिक बनाइएकोे पाटी) भुकम्पले क्षति भएको पुर्ननिर्माणको क्रममा जनमानसमा एकै मत नभएको र पछि विवाद उत्पन्न हुने भन्दै सो काम रोक्ने सल्लाह दिएको थियो । काम एक महिना रोकियो । त्यस पछि फेरि सुचारु भएको थियो । त्यसपछि फेरि काम शुरु भए पनि कहाँबाट अनुमति लिएर काम शुरु भएको भनेर वडा नं. २७ मा बसेको स्थानीय बासिन्दा सहित सहभागी बैठकले सोध्ने निर्णय गरेको थियो ।’
वडा नं. २७ का वडाध्यक्ष वावुराजा महर्जन र सदस्य नवराज महर्जन दुवै जना क्वय लाक्षी पुगेर ‘सम्पदा संरक्षण गुर्न ठिक हो । सम्पदा संरक्षण गर्नुपर्छ तर यो बाटानजिकै छ यसलाई जति सम्भव छ पछाडि सारौं । यसमा हामीले आर्थिक रुपमा प्राविधिक रुपमा हामी तयार छौं ।’ भने । तर पुरातत्वको अनुसार सार्न मिल्दैन भने जवाफ पाएपछि फर्किएको बताउछन् ।
वडाध्यक्ष वावुराजा महर्जन त्यसपछि संस्कृती विरोधिको रुपमा टोलबासीले सम्बोधन गरेको दुखेसो गर्छन् । भन्छन्, ‘मेरो पाटी नबनाउने हाम्रो सोच होइन । हामीले के सहयोग गर्नुपर्छ,गछौं । तर यो लाक्षी(पाटी) बाटोमा प¥यो के कति सम्भव हुन्छ ढिक्कै सारौं ।’
पुरातत्वले सम्पदा सार्न अनुमती दिन नसक्ने जवाफ दिएको भन्छन् वावुराजा महर्जन । पुरातत्वको भनाई उदृत गर्दै वावुराजा भछन्, ‘टोलबासी सबै मिलेर सार्न भए हामी व्यावहारिक रुपमा चुप बस्ने मात्रै हो । हामीले एक इन्च पनि सार्न अनुमति दिन सकिदैन ।’
उनले राय दिन्छन्,‘बाटो चाहिन्छ । मापददण्ड २२ मिटरको छ तर बाटो ४ मिटर मात्रै छ । धेरै यहाँ सम्पदा छन् । यी सम्पदा जर्गेना गर्नुपर्छ । सम्पदा जोगाएर अहिले जति बाटो खोल्न सकिन्छ खोलौं ।’वावुराजा अगाडि भन्छन्,‘सरेकारवाला बसौ । यहाँ यति बाटो बनाउन सकिन्छ भनेर निर्णण गरौं । सरकारले यहाँ सम्पदा नै चाहिदैन भनेर आयो भने यहाँ गाह्रो हुन्छ । सम्पदा मासेर बाटो नै बनाउनु पर्छ भन्नु हुदैन ।’ उनी भन्छन् ,‘वैकल्पिक बाटो पनि छ । ती बाटो खुला गरेर यो बाटोलाई एकतर्फ बनाउन सकिन्छ ।’
नगरपालिका, जिल्ला प्रशासन,प्रहरी कार्यालय सबैले वडाध्यक्ष वावुराजा महर्जनलाई रोक्नु पर्छ भन्ने मौखिक राय दिएको बताउछन् । उनी भन्छन्,‘सडकबाट पाटी सार्न सरकारी निकायले रोक्न कुनै आधारिक पत्र दिएनन् । पुरातत्वसँग काम रोक्न पत्र दिन मिल्दैन भन्यो । न त अनुमति नै दियो ।’
१९७५ मा नेपाल सरकारले यो सम्पदा क्षेत्र बचाउन वैकल्पिक बाटो प्रयोग गर्नु भनेको दावी छ पद्मसुन्दर महर्जनको । उनी भन्छन्,‘वाटो यथावत् होस् । सम्पदामैत्री विकाश चाहियो ।’ समूहले सिमाकोबाट अर्को बाटो बनाउन र यो यथावत बाटो एकातर्फ चलाउन सकिने विकल्प अघि सारेको छ ।
वडाध्यक्ष वावुराजा महर्जन पनि आज बस्तीबाट राजमार्ग लैजान सहमत छैनन् । उनी भन्छन् । ‘बस्ती मासेर राजमार्ग बनाउनु राम्रो होइन ।’
पाटी कहाँ बनाउने भन्ने विवाद देखिए पनि बाटोको विकल्पमा भने एक मत देखिन्छ । वडाध्यक्ष आफूसम्पदा विरोधि नभएको दावी गर्छन् । उनी सम्पदा यसरी जोगाउ । यसरी सडक निर्माण गरौं भन्ने विकल्प दिन चाहन्छन् । वाटो नै चाहिन्छ जस्तोसुकै होस् सम्पदा भत्काउने भन्ने सम्भव छैन भन्ने तर्क गर्छन् वावुराज महर्जन भन्छन् ।
वावुराजाले टोलको बैठक राखे । नेवारी समुदायमा गुठीका नायमा,भलामी,गुठीयार सबैलाई बोलाएर भने म त जनप्रतिनिधि हुँ जनतालाई हुन्छ भने मैले केही भन्नु छैन । तर कसैले पनि त्यहा बनाउनु पर्छ भनेन । पाटी भत्काउन कसैले पनि भनेको थिएन । उनी भन्छन् । ‘अलिकती सार्दैमा सम्पदा नहुने भन्ने हुदैन ।’
वावुराजा भन्छन् ‘म वडाध्यक्ष हुँदैमा एकजना दाजुले पाटीको इटा राख्ने अर्कोले ईंटा झिक्ने गर्न हुँदैन । सडकमा पाटीको छाना लगाउन थालिसक्यो । हामीलाई सडकमा पाटी बनाउन रोक्न कसैले अनुमति दिदैन ।’ पाटी बनाउने सुनाकोठी सम्पदा समहको जवाफ उदृत गर्दै वावुराजा भछन्, हामीले पुरानो ठाँउमा सम्पदा बनाउने सहमती ल्यायौं । तपाई त्याहा नबनाउ भन्ने पत्र ल्याउ भन्छन् । तर हामीलाई कसैले पनि सडकमा सम्पदा बनाउन रोक्न अनुमति दिदैन ।

समुहका अध्यक्ष राजेन्द्र महर्जनका अनुसार सडक बन्नु अघि सुनाकोठीको बस्ती पाटन दरवार स्क्वायर जस्तै सम्पदास्थल थियोे । यहाँ निर्माण गरिएको पाटी पाटी मात्रै नभएर यहाँको सम्पदाको एउटा हिस्सा मात्रै हो । यहाका सम्पदासँग अमूर्त सम्पदा पनि जोडिएको छ । राजेन्द्र भन्छन् । संरक्षण समूहमा आवद्ध सददस्यहरु यस ठाँउलाई सम्पदा स्थलको रुपमा संरक्षण गर्नु पर्ने सबैको दायित्व रहेको भनाइ राख्छन् । सम्पदा स्थल र बस्ती भएको ठाँउमा राजमार्ग बनाउनु हुन्न भन्नेमा सबै एकमत छन् ।
विहीबार जिल्ला प्रशासन कार्यालयमा संरक्षण समूहसँग सम्पदा संरक्षण गर्ने र वाटोको विकल्प खोज्ने विषयमा छलफल भएको छ । पाटी बनाइएको सन्दर्भमा कुरा गर्ने क्रममा जनप्रतिनिधिहरुसँग सम्पर्क हुन सकेन ।

source lalitpurkhabar

diamond solitaire

Leave a Reply

Your email address will not be published. Required fields are marked *