सातदोवाटो स्थित महेन्द्र आदर्श विद्यालय अगाडि दुर्घटना

Posted On    Author    Category सामाजिक.

ललितपुर, माघ ६ । शनिवार विहान साढे तीन बजेतिर बा ५ ख ६४९ नं. को ट्रक सातदोवाटो स्थित महेन्द्र आदर्श विद्यालय अगाडि दुर्घटना भएको छ । ट्रक लेलेबाट ढुंगा ल्याई युनाइटेड सिमेन्ट फ्याक्ट्रिमा जान लागेको बताइएको छ ।

ट्रकमा सवार चालक र खलासी सकुसल रहेको छ । तर ट्रक खलासीले चलाएको र ड्राइभर सहायकको सिटमा बसेको स्थानीयहरुको आशंका रहेको छ । ट्रक चालक नागर्जुन बस्ने वर्ष ४३ का लिलानाथ पाठक हुन् । विहान बाटो काट्ने यात्रुलाई बचाउन खोज्दा दुर्घटना भएको ड्राइभर पाठक बताउछन् ।

ट्रक दुर्घटना पश्चात ड्राइभर र सलासी भागेका थिए । तर स्थानीयको सहयोगमा प्रहरीले समात्न सफल भएको छ । दुर्घटना भएको ट्रक पूर्णरुपमा क्षति भएको छ ।विहान प्रहरीले क्रेनको सहयोगमा ट्रकलाई सातदोवाटो मै साइड लगाएर राखिएको छ ।

ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले सातदोवाटोमा सडकमा रोड डिभाइडर भएकोले त्यस ठाउँमा दुर्घटना धेरै भएको, त्यस डिभाइडरलाई हटाउन आफूले पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *