विदेशबाट ५० ग्राम सुनका गहना मात्रै ल्याउन पाइने, काँचो सुन बोक्न प्रतिवन्ध

Posted On    Author    Category अर्थ.

१० असार, काठमाडौं । विदेशबाट आउने नेपालीले अब सुन र चाँदीका तयारी गहनामात्रै ल्याउन पाउने भएका छन् । साउन १ गतेदेखि झिटीगुण्टामार्फत अब ५० ग्रामसम्म सुनका गहना मात्र ल्याउन पाउने नयाँ नियम लागू गरिएको हो । यति सुनका गहना ल्याउँदा कुनै भन्सार शुल्क लाग्ने छैन ।

५० ग्राम भन्दा बढी तयारी गहना ल्याएपनि अब विमानस्थलमा भन्सारले जफत गर्नेछ । सरकारले झिटी गुण्टा आदेशमा संशोधन गर्दै अब काँचो सुन ल्याउनै नपाउने व्यवस्था गरेको हो ।

पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किनेहरुमार्फत झिटिगुण्टा सुन ल्याएर कारोबार नै गर्नेहरु सक्रिय भएपछि सरकारले तयारी गहना अनिवार्य गरेको हो । यसअघि विदेशबाट फर्किने ४ सय ५० ग्रामसम्म काँचो सुन भन्सार तिरेर भित्र्याउन सक्थेे ।

अब भने ५० ग्राम सुनका गहनाबाहेक कुनै प्रकारका सुन ल्याउन नपाउने भन्सार विभागका प्रवक्ता सूर्य सेढाइले बताए ।  ५० ग्रामभन्दा बढी सुनका गहना ल्याएमा त्यसलाई सरकारले नियन्त्रणमा लिनेछ । काँचो सुन बोक्न भने प्रतिवन्ध नै गरिएको छ ।

साउनदेखि चाँदीका गहना पनि ५ सय ग्रामभन्दा बढी ल्याउन नपाइने भएको छ । यसअघि भन्सार तिरेर बुझाएर १ केजीसम्म चाँदीका गहना ल्याउन पाइन्थ्यो । साउन १ देखि नयाँ नियम लागूभएपछि खाडी मुलुकबाट र्फकने नेपालीलाई सुन बोकाउने क्रम अन्त्य हुने विश्वास गरिएको छ ।

Source onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *