ललितपुरको शंखुमा दुर्घटना

Posted On    Author    Category सामाजिक.

ललितपूर,२५ माघ । कोंज्योसोम गाउँपालिका २,शंखुस्थित लाँकुरीभन्ज्याङ बाचचौर सडक खण्डमा बिहीबार समान ढुवानी गर्ने आइचर दुर्घटना हुँदा सवारीका चालक राजन चौंलागाईको मृत्यु भएको छ ।

बा १ क ६७४० नम्बरको आइचर गुडिरहेको अवस्थामा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । चालकको मृत्यु भए तापनि अन्य सबै यात्रुहरु सकुशल रुपमा बाँच्न सफल भएका छन् । दुर्घटनामा परी घाइते भएका केही यात्रुहरुको उपचार भैरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *