मह जोडीको नाममा भ्रम पुर्ण प्रचार

Posted On    Author    Category सामाजिक.

केहि दिन यता सामाजिक सञ्जालमा केहि पार्टीका केहि नेताले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको साथ समर्थन हामीलाई छ र मह जोडीले फलानो लाई भोट दिनु भनेर माग्नु भएको छ भनेर गरिएको भ्रम पुर्ण प्रचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामीले कसैको पक्ष वा बिपक्षमा प्रचार प्रसार गरेका छैनौ र भोट मागेका पनि छैनौ माग्ने पनि छैनौ । हाम्रो सबै पार्टी र सबै नेता प्रति सदभाव छ । तर हामीले कुन पार्टी वा कुन नेतालाई समर्थन गर्ने वा मतदान गर्ने भन्ने हाम्रो नितान्त ब्यक्तिगत कुरा हो ।

त्यसैले हामीलाई जोडेर कसैले पनि कुनै किसिमको राजनीतिक स्वार्थमा प्रचार प्रसारमा जोडेको छ भने यस प्रकारको भ्रमपुर्ण प्रचार प्रसार प्रति खेद ब्यक्त गर्दछौ । अन्तमा सबै आमा वुवा, दाजु भाई दिदी बहिनिहरुलाई निर्वाचनमा भागलिएर संबिधान कार्यान्वयनमा आफ्नो नैसर्गीक अधिकारको सहि प्रयोग गर्न आग्रह गर्दछौ ।

 

Source

maha

Leave a Reply

Your email address will not be published. Required fields are marked *