प्यान नभएका कामदारलाई पारिश्रमिक भुक्तानी गर्दा के हुन्छ ?

Posted On    Author    Category अर्थ.

आर्थिक विधेयक ०७६/७७ ले उद्योगी–व्यवसायीले आफ्नो उद्योग–व्यवसायमा श्रमिक राख्दा अनिवार्य रूपमा नेपाली भएको हुनुपर्ने र तिनीहरूले अनिवार्य रूपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ । अनिवार्य प्यानको व्यवस्था किन गरेको हो भने नेपालमा विशेष गरी सीमावर्ती क्षेत्रमा विदेशी कामदार उपलब्ध हुने र तिनले सस्तोमा काम गरिदिने हुनाले नेपाली कामदार बेरोजगार बन्ने अवस्था सिर्जना भयो । अनिवार्य प्यान व्यवस्था गरेपछि यस्तो प्रवृत्ति न्यूनीकरण हुने सरकारको अपेक्षा हो । किनकि, प्यान लिन अनिवार्य रूपमा नागरिकता चाहिन्छ । विदेशी कामरदार पनि प्यान लिन चाहेमा (नागरिकता नभएको अवस्थामा) श्रम विभागबाट स्वीकृति लिएको हुनुपर्नेछ । अनिवार्य नागरिकता वा श्रमको स्वीकृति लिनुपर्ने कारणले विदेशी कामदारलाई काममा लगाउन केही झन्झटिलो हुन्छ र यसबाट नेपाली कामदारलाई प्रोत्साहन मिल्नेछ भनेर सरकारले यस्तो नियम ल्याएको हो ।

त्यसैले चालू आर्थिक वर्षदेखि प्यान लिएका कामदारलाई भुक्तानी गरेको रकमलाई मात्र आन्तरिक राजस्व कार्यालयले खर्च मानेर आम्दानीबाट घटाउन दिन्छ । अन्यथा प्यान नलिएका कामदारलाई भुक्तानी गरेको अवस्थामा भने कर कार्यालयले खर्चका रूपमा कट्टा गर्न दिँदैन । त्यस्तो सबै रकमलाई नाफा मानेर २५ प्रतिशत (२० वा ३० प्रतिशत पनि हुन सक्छ) कर लगाउन सक्छ । यसलाई सरल भाषामा बुझ्दा यदि कम्पनीको कर्मचारी पारिश्रमिक खर्च १० लाख रुपैयाँ छ र सबै पारिश्रमिक रकम प्यान भएका श्रमिकलाई भुक्तानी गरिएको हो भने १० लाख रुपैयाँ नै सबै खर्च कट्टा गर्न दिन्छ ।
sbd-90X900

तर, कर्मचारी खर्च १० लाख रुपैयाँमध्ये ६ लाख रुपैयाँचाहिँ प्यान भएका श्रमिकलाई भुक्तानी गरिएको र ४ लाख रुपैयाँचाहिँ प्यान नभएका श्रमिकलाई भुक्तानी गरिएको अवस्थामा भने उक्त ४ लाख रुपैयाँ खर्चका रूपमा कटाउन पाइँदैन । त्यो ३ लाख रुपैयाँमा २५ प्रतिशत (२० वा ३० प्रतिशत) कर लाग्छ ।

अब माथिको १० लाख रुपैयाँ कर्मचारीको पारिश्रमिकलाई खर्च मानेर आम्दानीबाट घटाउँदा ३ लाख रुपैयाँ नाफा देखियो । त्यसमा कुनै पनि कर कार्यालयले ७५ हजार रुपैयाँ (२५ प्रतिशतले) कर तिरे पुग्छ । तर, यदि प्यान नलिएका कामदारलाई भुक्तानी गरेको रकमलाई कर कार्यालयले खर्च मान्न नदिने हो र त्यस्तो सबै रकम (४ लाख रुपैयाँ नै) आम्दानीमा जोडिदिन्छ । अब कम्पनीको नाफा ७ लाख (३+४ लाख) देखिने भयो । यसमा कम्पनीले १ लाख ७५ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । अझ कर रकम बुझाउन ढिलो भएको अवस्थामा ब्याज जरिवाना पनि लाग्न सक्छ । त्यसैले प्यान नभएका कमदारलाई पारिश्रमिक भुक्तानी गर्दा धेरै जोखिम छ ।

source: nayapatrikadaily.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *