पार्टी प्यालेसले खुवायो कुहिएको मासु !

Posted On    Author    Category सामाजिक.

आजभोलि पार्टी प्यालेस र बैंक्वेट कल्चर निकै बढेको छ । घरकोठामा साँघुरो ठाउँ हुने भएकाले कुनै शुभकार्य गर्नुपर्‍यो भने पार्टी प्यालेसमा पुग्छौं ।
विभिन्न संघसंस्था र राजनीतिक दलका कार्यक्रमहरु पनि पार्टी प्यालेस तथा बैंक्वेटहरुमै हुन्छन् । तर, त्यहाँ खुनाइने खाना भने स्वस्थकर नहुने भेटिएको छ ।

शनिबार नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’मा एक सहकारीको साधारणसभा चल्दै थियो । कार्यक्रममा सहभागीहरुलाई खानाको पनि व्यवस्था थियो । तर, खानेकुराबाट शंकास्पद गन्ध आयो । झण्डै ३ सय व्यक्तिका लागि तयार गरिएको खानेकुरामा कैफियत रहेको आशंका लागेपछि एक पाहुनाले उपभोक्ताकर्मी माधव तिमिल्सिनालाई खबर गरे । उपभोक्ताकर्मीको टोली तत्कालै प्रहरीको साथमा बैंक्वेट पुगेपछि अस्वस्थकर खानेकुरा खुवाइएको खुलेको छ ।
ShopIn Holidays Pvt. Ltd.

कुहिएकै मासु पकाएको टोलीले भेट्टायो । लगतै आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीलाई बोलाइयो ।

सरकारी टोली पुगेपछि बैंक्वेटका सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारे । बैंक्वेटको भान्छामा पनि फोहोर भेटिएको छ । सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु फोहोर भेटिएका छन् । बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल समेत नभेटिएको उपभोक्ताकर्मी तिमल्सिनाले बताए ।

सरकारी टोलीले बैंक्वेटमा सिल गरेको छ र सञ्चालकलाई बयानमा लागि उपस्थित हुन पत्र थमाएको छ ।

source : onlinekhabar.com

One Response to “पार्टी प्यालेसले खुवायो कुहिएको मासु !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *