पाँच रुपैयाँमै मोटरसाइकल ट्रायल !

Posted On    Author    Category अर्थ, व्यापार.

पोखराको पृथ्वीचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरमा मात्र पाँच रुपैयाँमा नयाँ मोटरसाइकलमा र २० रुपैयाँमा नयाँ स्कुटरमा ट्रायल सिक्न पाइन्छ।

यसै कारणले पनि ड्राईभिङ सेण्टरले संचालनमा ल्याएको ‘प्रि भेइकल टेष्ट सेण्टर’ ले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ ।

सेण्टरमा दैनिक ३ सय जनाको हाराहारीमा सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था कार्यलयले ल्याएको नयाँ ट्रायल प्रणाली जस्तै गरी प्रि भेइकल टेस्टमा सवारी साधन सिक्न पाइने भएकाले पनि धेरैको मन जित्न सफल भएको संचालक सरोज केसीले जानकारी दिए।

यस्तै सनराइज ड्राइभिङले ट्रायल दिनेका लागि नेपालमा नै पहिलो पटक ५ रुपैयाँमा मोटरसाइकल र २० रुपैयाँमा स्कुटरबाट ट्रायल दिन पाउने व्यवस्था मिलाएको र यसमो १२ वटा साधन सौजन्य गरेको अर्का संचालक लेखनाथ सुवेदीले बताए।

‘यस अघि ट्रायल दिन आफ्नै मोटरसाइकल वा स्कुटर नहुनेले १ सय रुपैयाँभन्दा धेरै रकम तिरेर ट्रायल दिनुपर्ने थियो। अहिले यातायात व्यवस्था कार्यलय गण्डकीले एस एण्ड एस रिकण्डीसन हाउससँग सम्झौता गरी नयाँ मोटरसाइकल र स्कुटरबाट सस्तो मूल्यमा ट्रायल दिने व्यवस्था मिलाएको हो। अहिले ट्रायल दिन सबै नयाँ स्कुटर र मोटरसाइकल प्रयोग गरिन्छ र एकदमै सस्तो शुल्कमा उपलब्ध हुन्छ,’ यातायात व्यवस्था कार्यालय गण्डकीका लाइसेन्स शाखाका प्रमुख चेतप्रसाद उप्रेतीले बताए।

सनराइज ड्राइभिङले ट्रायल दिनकै लागि नयाँ १८ वटा स्कुटर २२ वटा मोटरसाइलक व्यवस्था गरेको बताएको छ । यसैबीच ट्रयाल दिन प्रयोग गरीने ७ वटा मोटरसाइकल र ५ वटा स्कुटर र त्यसमा प्रयोग हुने इन्धन पनि सौजन्य गरेको अर्का संचालक राजु लालचनले बताए।

source setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *