चापागाउँमा मिनि रंगशाला

Posted On    Author    Category सामाजिक.

ललितपुर, गोदावरी नगरपालिकामा बन्न लागेको मिनि रंगशालाको सर्भे सुरु भएको छ। चापागाँउ टाखेलमा रहेको पुरानो ढुङ्गा खानीमा बन्न लागेको रंगशालाको सर्भे गत सोमबारबाट सुरु भएको हो।

ललितपुर क्षेत्र नं १ प्रदेश ख का सांसद चेतनाथ संजेल र गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले सयुक्त रुपमा ड्रोन क्यामरा उडाएर सर्भेको उद्घाटन गरेका थिए। सुरुमा मिनि रंगशालाको लागि नगरपालिकाबाट ४० लाख रुपैयाँ छुट्याइएको प्रमुख कार्यकारी पन्थीले बताए ।

अनुमानित ३ हेक्टर क्षेत्रफलमा बन्न लागेको रंगशालाको डिटेल सर्भेको जिम्मेवारी (forum for energy and environment development) FEED ले पाएको छ। उक्त सर्भे कम्पनीले सुरुवाती सर्वेको लागि रियल नेपाल सोलुसन्स् प्रा. लि. बानेश्वरको कन्सल्टेन्सीलाई दिएको छ।

आधुनिक प्रविधि ड्रोन क्यामेराको प्रयोग गरेर सुरु गरिएको सर्भे अहिलेसम्मकै अत्याधुनिक सर्भे रहेको सर्भेमा संलग्न इन्जिनियर द्वय उत्सव गौतम र स्मरण भट्टले बताए।

27749978_1604535752970955_54058207297122035_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *