चन्द्रागिरि केबलकार चढ्न जानेलाई कलंकीबाट निशुल्क बस सेवा

Posted On    Author    Category व्यापार.

चन्द्रागिरि केबलकार चढ्न जाने सोच बनाउनुभएको छ? यदि हो भने आइतबारदेखि तपाई कलंकीदेखि केबलकार चढ्ने ठाउँसम्म निशुल्क बसमार्फत यात्रा गर्न पाउनुहुने भएको छ।

चन्द्रागिरि हिल्स प्रालिले आगामी आइतबारदेखि कलंकीस्थित भाटभटेनी सुपरमार्केटदेखि केबलकारको आधार क्षेत्रसम्म निशुल्क बसमार्फत पुग्न सक्ने व्यवस्था गर्दैछ।

दैनिक दुई वटा बसहरुले चन्द्रागिरि पुग्ने पर्यटकलाई सेवा दिने छन्। एउटा बसको ४० सिट क्षमता रहेको छ।

बस भरिएपछि त्यहाँबाट सिधै चन्द्रागिरीको केबलकार चढ्ने ठाउँसम्म पुग्ने र बसका लागि कुनै शुल्क तिर्नुनपर्ने चन्द्रागिरि हिल्सले जनाएको छ।

चन्द्रागिरि नपुग्ने यात्रुहरुले भने बसमार्फत यात्रा गर्न पाउने छैनन्। त्यस्तै चन्द्रागिरिबाट कलंकी आउने यात्रुहरुले पनि निशुल्क सेवा लिन पाउने छन्।

यसले पर्यटन प्रवद्र्धनका लागि ठूलो सघाउ पुग्ने चन्द्रागिरि हिल्सले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *