गोदावरी मेयर गजेन्द्र महर्जनले नै लगाए प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला !

Posted On    Author    Category सामाजिक.

ललितपुर, चैत २३ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको कार्यकक्षमा ताला लगाएका छन् । दैनिकीन्युजकर्मी विहान ११ बजे पुग्दा प्रशासकिय अधिकृत पन्थीको नेम प्लेट झुण्डाएको अवस्थामा देखिएको थियो । तर मेयर महर्जनलाई भेटेर फर्किदा नेमप्लेट समेत मेयर महर्जनले हटाउन लगाएका थिए ।

कार्यसम्पादनप्रति स्थानीय जनताको गुनासको आएको तथा उनीहरुको भावना अनुरुप कार्य नगरेको आरोप लगाउँदै मेयर महर्जनले प्रमुख प्रशासकिय अधिकृत पन्थीको कार्यकक्षमा तालाबन्दी गरेको दैनिकीन्युजलाई बताए । मेयर महर्जनले आजै निमित्त प्रमुखको रुपमा नगरपालिकामा कार्यरत स्थानीय निकाय अन्तर्गतका कर्मचारी सन्त बहादुर बस्नेतलाई तोकेका छन् । उनी वीरगन्ज महानगरपालिकाबाट काजमा मेयर महर्जनले ल्याएका कर्मचारी हुन् ।

 

Mobile and laptop training course lalitpur

 

यता प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी मेयर महर्जनले अनावश्यक रुपमा प्रशासकिय अधिकृतको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सोमबारदेखि विदामा बसेको दैनिकीन्युजलाई बताएका छन् । आपूmले खानी तथा क्रसर संचालन गर्न व्यवसाय मात्र दर्ता गरेको तर मेयर महर्जनले भने व्यवसाय सञ्चालन गर्न अनुमति दिएपछि विवाद शुरु भएको प्रमुख प्रशासकिय अधिकृत पन्थीले भने । आफू गोदावरी नगरपालिकामा नै कार्यरत भएको भन्दै बस्नेतलाई निमित्त प्रशासकिय अधिकृत दिएकोमा आपत्ती समेत जनाएका छन् । यो कानून विपरित भएको समेत पन्थीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *