गोदावरी नगरपालिकाको मतगणनामा लफडा, मतपेटिकामा दुलो भेटियो

Posted On    Author    Category राजनीति, सामाजिक.

काठमाडौं, जेठ ३– ललितपुरको गोदावरी नगरपालिकाको मतगणना कार्य अवरुद्ध बनेको छ । १२ नम्बर वडाको मतगणनाका क्रममा बुधबार बिहान ठेँचु मतदान केन्द्रको मतपेटिकामा दुलो भेटिएपनि विवाद उत्पन्न भएको बताइएको छ ।

पत्रकार महासंघ ललितपुरका कोषाध्यक्ष रामहरि कार्कीले एक मतपेटिकामा दुई बाई दुई इन्चको दुलो भेटिएसँगै स्थानीय राजनीतिक दलहरुको विरोधपछि मतगणना कार्य स्थगित भएको बताए ।

मतपेटिकामा कसरी दुलो पर्न गयो भन्नेबारे खुल्न सकेको छैन । यद्यपी विवादको समाधान खोल्न केहिबेरमा सर्वदलीय बैठक बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *