गोदावरी नगरपालिकाको नक्सामा यसरी हुन्छ ब्रम्हलुट

Posted On    Author    Category सामाजिक.

स्थानीय तहलाई प्रदान गरिएको असीमित अधिकार दुरुपयोग हुने क्रम बढेको छ । स्थानीय निकायका जनप्रतिनिधिले प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्नेमा गोदावरी नगरपालिकाका प्रमुखदेखि वडाध्यक्षसम्मले सरकारी वनजंगल नै फँडानी गरी ढुंगाखानी संचालन गर्न छुट दिएका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जन र वडा नम्बर ८ का सुकबहादुर लामासम्मले ढुंगाखानी संचालन गर्दैआएका छन् । नगरप्रमुख गजेन्द्र महर्जनले सरकारी वन मास्ने गरी आर्थिक लाभ लिएर ५२ वटा क्रसर उद्योगलाई अनुमति दिएका छन् ।

स्थानीय तहले वनजंगलको दोहन रोक्ने भन्दा पनि घुस खाएर डाँडाकाँडा सबै स्काभेटर लगाएर प्राकृतिक विनाश गर्न छुट दिएको छ । यसबारेमा आवाज उठाउने पत्रकारहरुलाई वडा नम्बर ८ का अध्यक्ष सुकबहादुर लामाले गुण्डा प्रयोग गरी ज्यान नै मार्ने प्रयास गरेका छन् । महर्जन र लामा मेयरदेखि वन, प्रहरी प्रशासन मिलाएर ढुंगा गिटी खानी संचालन गर्ने मुख्य योजनाकार हुन् ।यसैक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले राष्ट्रिय पुननिर्माण प्राधिकरणले पठाएका इन्जीनीयर सुनिता कुटुलाई आफैंले पत्र लेखेर काजफिर्ता गरेका छन् । र, करारमा अर्का इन्जीनीयर सीताराम कार्कीलाई राखेका छन् । मेयरले राखेका इन्जीनीयर कार्कीले आफ्नै श्रीमती ऋतु बस्नेतको नाममा कन्सलटेन्सी खोलेर त्यसैमार्फत् नक्सा बनाउने गरेका छन् ।

Mobile and laptop training course lalitpur

गोदावरी नगरपालिकामा घर निर्माण अनुमति लिनका लागि ऋतु बस्नेतको संस्थाबाट नक्सा बनाउन सिन्डिकेट लगाइएको छ । ऋतु बस्नेतको कन्सलटेन्सीबाट नक्सा नबनाउनेको अनेक झमेला देखाएर घरको नक्सापास नै नगर्ने गरेको गुनासो सेवाग्राहीको छ ।

नगरपालिकाका इन्जीनीयर कार्कीले नै पत्नीको नाममा कीर्ते सही गर्दै नक्सा बनाउने गरेको आरोप छ । आफैं नक्सा बनाउने र आफैं पास गर्ने काम कार्कीले गर्दैआएका छन् । घरको नक्सा बनाएको चलनचल्ती भन्दा धेरै महंगो पैसा लिने गरेको गुनासो सेवाग्राहीको छ । जुन पैसाको भागबण्डा मेयर महर्जनको भागमा पनि पुग्ने गरेको छ, सा“घुमा समाचार छ ।

पुननिर्माण प्राधिकरणका सुनिता कुटीले भूकम्पप्रतिरोधी नक्साका आधारमा निर्माण भएका घरहरुकोमात्र नक्सा पास गर्दैआएकी थिइन् । मेयरले सिफारिस गरेका मापदण्ड विपरीतका घरहरुको नक्सा पास नगरेपछि उनलाई काजफिर्ता गरिएको छ । मेयर महर्जनले प्रशासनिक हस्तक्षेप गरी प्रशासकीय अधिकृतले लेख्नुपर्ने काजफिर्ताको पत्र आफैंले लेखेर पठाएका छन् ।

source nayapage

Leave a Reply

Your email address will not be published. Required fields are marked *