गोदावरीमा अन्र्तराष्ट्रियस्तरको एकीकृत खेलमैदान निर्माण हुने

Posted On    Author    Category खेल, सामाजिक.

ललितपुर, ११ वैशाख । पर्यटकीय नगरी गोदावरी नगरपालिका–३, गोदावरीमा अन्र्तराष्ट्रियस्तरको एकीकृत खेलमैदान निर्माण हुने भएको छ ।

नेपाली कलाक्षेत्रका हास्य कलाकारद्धय सीताराम कट्टेल र कुन्जना घिमिरेद्धारा स्थापित सामाजिक संस्था धुर्मुस –सुन्तली फाउण्डेशनद्धारा सो क्षेत्रमा खेलमैदान निर्माण हुन लागेको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

गोदावरीस्थित माछा पोखरीमा उक्त खेलमैदान निर्माणका लागि स्थान छनौट गरेको फाउन्डेसनले जनाएको छ । फाउण्डेशनद्धारा नगरक्षेत्रभित्र निर्माण गर्न लागिएको खेलमैदानको लागि नगरपालिकाले स्वागत गरेको प्रमुख महर्जनले बताउनुभयो ।

यस बाहेक फाउन्डेसनले नगरक्षेत्रभित्र एकिकृत बस्ती बिकास योजना अन्र्तगत नमूना नेपाल बनाउने अभियानलाई समेत नगरपालिकाले स्वागत गरेको छ ।

पर्यटकिय एव धार्मिक नगरी गोदावरी नगरपालिकालाई छनौट गरी नगरबासीहरुको हौसला बढाउने र राष्ट्रकै नमूना नगर बनाउन महत्वपुर्ण भुमिका रहने भएकोले यस क्षेत्रको बिकास लगायतका बिबिध क्षेत्रमा ल्याउने सबै योजनाहरुको स्वागत गर्दै आगामी दिनहरुमा सामजिक कार्यको लागि शुभकामना ब्यक्त गर्दे उक्त कार्यमा चाहिने सल्लाह, सुभाव र सहयोगको लागि नगरपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *