गजेन्द्र महर्जनको विशेष पहलमा चापागाउ घुम्तीमा सडक फराकिलो बनाउन सफल

Posted On    Author    Category सामाजिक.

जब नगरप्रमुख गजेन्द्र महर्जन र घरधनी कमल श्रेष्ठ बाटो क्षेउमा रहेको घर भत्काउन डाेजरकाे बकेटमा चढे तब स्थानीयवाट अाएकाे तालीको वर्षा राेक्न सकेन । कोही स्थानीय सुनाउदै थिए : नगरप्रमुख हुनु त यस्तो जसले बाटो फराकिलो बनाउन घर धनीलाई मनाउन सके अनि थप्दै थिए घर धनी हुनु त यस्तो जाे नगर विकासमा सहयाेग गर्ने ।

सन्दर्भ : अाज अर्थात २०७५ साल बैशाख २९ गते गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको विशेष पहलमा बर्सौदेखी चापागाउ घुम्तीमा रहेका २ वटा पुराना घरबाट अाइरहेकाे सवारी अावागमनकाे समस्यालाई समाधानका लागि ती घरहरू भत्काएर सडक फराकिलो बनाउन सफल भएको छ । यस कार्यमा विशेष सहयाेग गर्नु हुने घर धनी हरिभक्त मेहेर कायस्थ र कमल श्रेष्ठ धन्यवादका पात्र हुनु हुन्छ साथै यस कार्यमा अा-अाफ्नाे तर्फबाट अमुल्य सहयाेग गर्नु हुने अन्य पात्रहरू समेत धन्यवादका पात्र बन्नु भएको छ। यसरी समृद्ध नगर विकासमा नगरवासीको साझा ऐजेन्डा हुन सके विकासकाे क्षण धेरै टाढाको विषय नरहला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *