काठमाडौंका ४ र ललितपुरका १ जनामा देखियो कोरोना

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

काठमाडौं र ललितपुरमा कोरोनाभाइरस संक्रमित थपिएका छन्।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष र पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला र काठमाडौंका २ महिलामा कोरोना पोजेटिभ देखिएको हो।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। सोमबार ४५१ थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।

२४ घण्टामा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।

हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन्। हालसम्म १ हजार ४१ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

source:setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *