इटा भट्टामा आश्रित बालबालिकालाई न्यानो लुगा वितरण

Posted On    Author    Category सामाजिक.

ललितपुर । नेपाल रेडक्रस सोसाइटी बाट तालिम प्राप्त युवा समुहद्वारा ललितपुरको गोदावरी नगरपालिका १ मुलपानीमा रहेको इटा भट्टाका ३२ बालबालिकाहरुलाइ न्यानो लुगा वितरण गरेको छ । भुकम्प प्रतिकार्य कार्यक्रमका स्थानीय सामाजिक परिचालक हरि महर्जनको संयोजकत्व र तालीम प्राप्त ३ युवाहरुको अगुवाइमा सहयोग संकलन गरि ३२ बालबालिकाहरुलाइ मोजा, सुरुवाल, ज्याकेट र टोपी वितरण गरेको हो ।

nyano-luga-bitaran-1024x576

गोदावरी क्षेत्रमा बढ्दो जाडोका कारण समस्यामा बसोबास गर्दै आइरहेको भट्टाका बालबालिकालाई निमोनिया हुन सक्ने अवस्थालाई बिशेष ध्यानमा राखी सामाग्री वितरण पुर्ब निमोनिया बाट बच्ने उपाय र सरसफाइ सम्बन्धि सचेतना कक्षा समेत संचालन गरेको छ । साथै कार्यक्रममा उपस्थित बालबालिका लगायत सम्पुर्ण अभिभावकहरुलाइ खानेकुरा समेत वितरण गरेका छन । कार्यक्रमका सहभागीहरुले सामाग्री सहित निमोनिया र सरसफाइ सचेतना कक्षाले आफूहरुको जीवनमा नयाँ पाठ सिकाएको प्रतिक्रिया दिएका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *